फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

सिन्च्याङ्गमा महामारी फैलिने सम्भावना आधारभूत रुपमा अवरूद्ध

(GMT+08:00) 2020-10-29 18:55:12
सन्२०२०को अक्टोबर २८ तारिख सिन्च्याङ्ग युग्युर स्वायत्त प्रदेशमा नयाँ कोरोना भाइरस संक्रमित निश्चित जनसंख्या २३ पुगेको छ भने सबै लक्षणरहित संक्रमित बिरामी हुन्। नयाँ थप्ने संक्रमित बिरामी छैन।

सिन्च्याङ्ग युग्युर स्वायत्त प्रदेशको जन सरकारको प्रेस कार्यालयले हिजो २८ तारिख काश्गर महामारी अवस्थाको चौथो प्रेस सम्मेलनको आयोजना गर्दै उक्त कुरा जानकारी दिएको हो। काश्गर क्षेत्रको रोग नियन्त्रण तथा रोकथाम केन्द्रका उपप्रमुख वाङ सिच्याङ्गका अनुसार २७तारिखसम्म निश्चित भएका १८३ संक्रमित बिरामीबाहेक अरु थप संक्रमित केस छैन। सिन्च्याङ्गमा महामारी विस्तार हुने सम्भावनालाई आधारभूत रुपमा पन्छाइएको छ।

यस महामारी अवस्थामा लक्षणरहित संक्रमित केसको अनुपात उच्च देखिन्छ। यसको मुख्य कारण न्यूक्लिक एसिड प्रवर्द्धन परीक्षण काम समयमै र प्रभावकारी गराइएकाले हो। धेरै संक्रमित बिरामी कुनै पनि लक्षण देखाएअघि उक्त परीक्षणबाट खोजिएका हुन्। जसले महामारीको विस्तार र संक्रमित बिरामीको उपचारका लागि धेरै धेरै फाइदाजनक भूमिका सिर्जना गरेको छ।

जानकारी तथा लेखहरु