फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

विश्व व्यापार संगठनका नयाँ महाप्रबन्धकका लागि अन्तिम उम्मेदवार सार्वजनिक

(GMT+08:00) 2020-10-29 18:55:44
विश्व व्यापार संगठनका प्रेस प्रवक्ता केइथ रकवेलले हिजो २८ तारिख जानकारी दिनुभएअनुसार नाइजेरियाली उम्मेद्वार ङोजी ओकोन्जो कोजो इवेलालाई विश्व व्यापर संगठनको नयाँ महाप्रबन्धको अन्तिम उम्मेदवारको रुपमा उभ्याइएको छ। उक्त निर्णयलाई एकपक्षीय रुपमा अस्वीकार गरेको अमेरिकाले निरन्तर रुपमा दक्षिण कोरियाली उम्मेदवारलाई समर्थन गरेको छ।

विश्व व्यापार संगठनका छैठौं महाप्रबन्धक रोबर्टो अजेवेदोले यसै अगष्ट ३१ तारिख राजीनामा दिनुभएको थियो। नयाँ महाप्रबन्धकको छनौट कार्यक्रम गत जुन ८ तारिखदेखि सुरु भएको थियो। विश्व व्यापार संगठनका सदस्य मुलुकले आउने नोभेम्बर ९ तारिख सम्मेलनको आयोजना गर्दै नयाँ महाप्रबन्धकको अन्तिम उम्मेदवारलाई निश्चित गर्ने छ।

जानकारी तथा लेखहरु