फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

ह्वाङ्ग नदीको तटवर्ती क्षेत्रमा फलफूल खेती

(GMT+08:00) 2020-10-29 19:03:46

कागती, अम्बा, केरा…….सबै उपोष्णकटिबंधीय फल हुन्। पहिले बाहिरी प्रान्तबाट मात्रै छिङहाई प्रान्तमा भित्र्याउनुपर्ने यी फल हाल छिङहाई प्रान्तका वासिन्दाको सामान्य फल बनेका छन्।

सन्२०१० छिङहाई प्रान्तको हाइ नान तिब्बती जातिय स्वायत प्रिफेक्चरको आ यी हाइ गाउँका स्थानीय वासिन्दा मा वन मिङले २७हजार वर्गमिटर जमिन भाडामा लिँदै तरकारी खेती गर्न थालेका थिए।

सन्२०१५ माको तरकारीको रोपणबाट प्रतिवर्ष कूल आम्दानी बीस लाख युआन पुगेको थियो। तापनि माले आफ्नो मेहनती पाइला नरोकेर उपोष्णकटिबंधीय फलको रोपण गर्न थाले। सन्२०१६ कान सु प्रान्तमा आयोजना भएको कृषि प्रविधि तालिममा भाग लिँदै उनले उपोष्णकटिबंधीय फल सम्बन्धी ज्ञानबारे जानकारी लिएका थिए।

धेरै अनुसन्धान तथा प्रयासपछि उनले सन्२०१७मा पिटाया ड्रागन फललाई आफ्नो जमिनमा भित्र्याएका थिए। सन्२०१९ पिटायाको राम्रो फसलले मालाई लगभग चार लाख चिनियाँ युआनको लाभ सिर्जना गरेको छ। त्यसपछि माले विभिन्न फलको रोपनको अनुसन्धान गर्दै अझ बढी उपोष्णकटिबंधीय फलको रोपण गरेका छन्।

हाल मा परिवारको जीवन झन झन बढी राम्रो छ। समृद्धिको बाटोमा लाग्दै माले दीर्घकालीन रुपमा स्थानीय बासिन्दाहरुका लागि रोजगार प्रदान गरेका छन। झन झन बढी स्थानीय बासिन्दाहरु समृद्ध बन्दै गइरहेका छन्।

जानकारी तथा लेखहरु