फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

#समाचार सन्दर्भ# "बौद्धिकता विरोधी" प्रहसनबाट महामारीविरूद्धमा चीन र अमेरिकाको अन्तर किन यति फरक?

(GMT+08:00) 2020-10-30 11:36:46

अक्टोबर ३० तारिखसम्म विश्वव्यापी रूपमा कोभिड-१९ महामारीबाट संक्रमित हुनेको संख्या ४,५२,२१,०७८ पुगेको छ। विश्वमा संक्रमित संख्याको सूचीमा पहिला १० देशहरूमध्ये सुपर अमेरिका अझ पनि पहिलो स्थानमा छ। भारत र ब्राजिलबाहेक अरू सबै यूरोपेली देशहरू छन्। युरोपमा हाल महामारी "दोस्रो आपतकालिन" अवस्थामा देखिएको छ। अमेरिकी व्हाइट हाउसका चीफ अफ स्टाफ मार्क मेडोजले अन्तर्वार्ता दिँदै अमेरिकी सरकारले कोरोना महामारीको नियन्त्रण नगर्ने बताउनुभएको थियो।

वर्तमान विश्वव्यापी महामारीको रोकथाम र नियन्त्रणको गम्भीर अवस्था केही राजनीतिज्ञहरूको गलत भनाइ र कदमसित घनिष्ट सम्बन्ध रहेको छ। आजसम्म केही राजनीतिज्ञहरूले जनताको जीवनको ख्याल गरेका छैनन् र निर्वाचनमा आफ्नो जीतका लागि प्रयास गरिरहेका छन्। उनीहरूले समय-समयमा बौद्धिकता विरोधी प्रदर्शन गर्दछन्। अक्टोबर २६ तारिख एक चुनावी रैलीमा अमेरिकी राष्ट्रपति डोनाल्ट ट्रम्पले महामारीको रोकथाममा सरकारको विफलता तथा जिम्मेवारीलाई अरूमाथि दोषारोपन गर्दै अमेरिकी चिकित्सकलाई बदनाम गर्नुभयो। उहाँले चिकित्सकलाई पैसा र नाफाका लागि महामारीबाट मृतकको संख्या जानाजानी बढाएको आरोप लगाउनुभयो। उहाँको सम्बोधन भिडियो ट्वीटरमा प्रकाशित भएपछि धेरै अमेरिकीहरूले आक्रोश व्यक्त गरेका छन्। केही समयअघि यही राष्ट्रपतिले नै कीटाणुनाशक इंजेक्सनद्वारा कोभिड-१९को रोकथाम र उपचार गर्ने ठट्टा गर्नुभएको थियो। हालसम्म पनि व्हाइट हाउसका कोभिड-१९ महामारीका वरिष्ठ सल्लाहकार स्कट एटलसले सामाजिक सञ्जालमा मास्कको प्रभावकारिताबारे प्रश्नर शङ्का गर्दै पोस्ट गर्नुभएको थियो। कोरोना भाइरसको परीक्षणमा अमेरिकाका उपराष्ट्रपति पेन्सका कम्तीमा आफ्ना ५ जना कर्मचारी सकारात्मक भएको अवस्थापछि पनि उहाँ अझै अलग्ग नबस्ने र जुलुसमा भाग लिने व्यक्त गर्नुभयो।

अमेरिकी राजनीतिज्ञहरुको बौद्धिकता विरोधी भनाइ तथा कदमले वैज्ञानिक विरोधी प्रवृत्तिलाई तीव्र पारेको छ जसले महामारीको रोकथाम र नियन्त्रणलाई अझ कठिन बनाएको छ।

यसका साथै अक्टुबर ३० तारिख, तेस्रो विश्व शीर्ष वैज्ञानिक फोरम साङहाईमा आयोजित भएको थियो। राष्ट्रपति सी चिनफिङले फोरमलाई भिडियो सम्बोधन गर्नुभएको छ। सिन्ह्वाका अनुसार, कोभिड-१९ महामारी फैलिएदेखि नै विभिन्न देशका वैज्ञानिकहरूले महामारीको उपचार, औषधि तथा खोपको अनुसन्धानलगायत क्षेत्रमा प्रयास गरेर महत्वपूर्ण योगदान दिएका छन्। चीनले वैज्ञानिक र प्राविधिक नवीनतालाई उच्च महत्त्व दिँदै अझ खुला, सहिष्णु र पारस्परिक फाइदाजनक अन्तर्राष्ट्रिय विज्ञान र प्रविधि सहयोग रणनीति कार्यान्वयन गर्नेछ।

हाल अमेरिका र पश्चिमा मुलुक कोभिड-१९ महामारीसँग संघर्ष गरिरहँदा चीन के गरिरहेको छ?

चिनियाँ कम्युनिष्ट पार्टी १९ औँ केन्द्रिय समितिको पाँचौँ पूर्ण बैठक अक्टोबर २६ तारिखदेखि २९ सम्म पैचिङमा आयोजना भएको छ। सम्मेलनले चीनको चौधौँ पञ्च वर्षीय विकास कार्यक्रम र सन् २०३५ को दीर्घकालीन लक्ष्य प्रस्ताव प्रस्तुत गरेको छ। जसले आगामी पाँच वर्षमा चीनको विकास मार्ग र योजना तयार गरेको छ।

एकातिर, बौद्धिकता विरोधी र विज्ञान विरोधी प्रवृत्ति व्याप्त छ। अर्कातिर विज्ञानको सम्मान र सहयोग सुदृढीकरण गर्ने धारणा हो। एकातिर, व्यक्तिगत राजनीतिक स्वार्थका लागि जनताको सुरक्षालाई बेवास्ता गर्नु हो भने अर्कातिर राष्ट्रको दीर्घकालीन स्थिरता तथा स्मृद्धिका लागि ५ वर्षको योजना बनाउँदै छ। यो अन्तर कति स्पष्ट छ।

जानकारी तथा लेखहरु