फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

#समाचार सन्दर्भ#तेह्रौं पञ्च वर्षीय योजना अवधिमा तिब्बत र नेपालको सहयोगद्वारा नयाँ अवस्थाको स्वागत

(GMT+08:00) 2020-10-31 15:13:13

सन् २०२० तेह्रौं पञ्च वर्षीय योजना सम्पन्न हुनलागेको छ। विगत पाँच वर्षयता तिब्बतको आर्थिक तथा सामाजिक विकासले ठूलो उपलब्धि हासिल गरेको छ। तिब्बतले आधारभूत प्रबन्धको निर्माणलाई बढाएको छ। तिब्बतको यातायात कार्यले पनि फड्को मार्ने विकासलाई साकार तुल्याएको छ। तिब्बतको यातायातमा ठूलो परिवर्तन आएको छ। समष्टिगत अवस्थाबाट हेर्दा विगत पाँच वर्षमा तिब्बतले तीव्र आर्थिक विकास, सामाजिक स्थिरता, जनताको सुखमय जीवन तथा राम्रो पर्यावरणीय वातावरणको अवस्थाको स्वागत गरेको छ।

सन् २०१५ मा तिब्बतले "तेह्रौ‌ पञ्च वर्षीय योजना" मा "बेल्ट एण्ड रोड" तथा बङ्गलादेश, चीन, भारत, म्यान्मार आर्थिक करिडोरको निर्माणमा संलग्न हुने, दक्षिण एशियातर्फ खुला हुने महत्वपूर्ण मार्गको निर्माण गर्ने कदमहरू प्रस्तुत गरेको थियो। ती श्रृंखलाबद्ध कदमहरूबाट "बेल्ट एण्ड रोड" प्रस्ताव तिब्बतको विकास परियोजनामा राखिएको द्योतक हुन्छ। तिब्बत चीनको दक्षिण-पश्चिममा पर्दछ, भारत र नेपालआदि मुलुकहरूसित जोडिएको छ। तिब्बतको विशेष क्षेत्रीय श्रेष्ठता र भौगोलिक श्रेष्ठता छ। इतिहासमा तिब्बत चीनले दक्षिण एशियाली मुलुकहरूसँग आदान-प्रदान गर्ने गरेको महत्वपूर्ण झ्याल थियो। "बेल्ट एण्ड रोड" को निर्माणमा संलग्न भएयता तिब्बतले दक्षिण एशियातर्फ खुला हुने क्षेत्रीय श्रेष्ठता अझै स्पष्ट भएको छ। नेपाल चीनको छिमेकी मुलुक हो। नेपाल र तिब्बतबीच करिब १४०० किलोमिटरको सीमा रेखा छ। "तेह्रौ‌ पञ्च वर्षीय योजना" अवधिमा तिब्बत र नेपालबीचको सहयोगले प्रशस्त उपलब्धि हासिल गरेको छ। श्रृंखलाबद्ध तथ्याङ्कबाट हेरौं। सन् २०१६ मार्च महिना चीन र नेपालले पैचिङमा "चीन-नेपाल स्वतन्त्र व्यापार सम्झौताबारे जन गणतन्त्र चीनको वाणिज्य मन्त्रालय र नेपालको वाणिज्य मन्त्रालयको अनुसन्धानको सम्झौता पत्र" मा हस्ताक्षर गरेको थियो। सन् २०१७ अप्रिल महिनामा "बेल्ट एण्ड रोड" अन्तर्राष्ट्रिय सहयोग शिखर मञ्चमा दुई मुलुकले "चीन-नेपाल अन्तर्देशीय आर्थिक सहयोग क्षेत्रको सम्झौता पत्र" मा हस्ताक्षर गरेको थियो। सन् २०१८ जनवरी महिनामा नेपालले चीनको इन्टर्नेट सेवा औपचारिक रुपमा भित्र्याएको थियो।

तिब्बत र नेपालको व्यापारिक आदान-प्रदान निकै घनिष्ठ भएको छ। दुई पक्षको व्यापार रकमले नयाँ किर्तिमान बनाएको छ। सन् २०१९ मा तिब्बतबाट नेपालमा गरिएको आयात-निर्यात रकम ३ अर्ब १६ करोड ५० लाख चिनियाँ युआन पुगेको थियो। नेपाल सधैं नै तिब्बतको पहिलो ठूलो व्यापारिक साझेदार र सबैभन्दा ठूलो निर्यात बजार हो। चीनको रेल एक्सप्रेस संचालन भएपछि चीनमा निर्मित अझै धेरै सामान नेपाल पठाइएको छ।

"बेल्ट एण्ड रोड" प्रस्तावअन्तर्गत हिमालय क्षेत्रीय सहयोगले महत्वपूर्ण प्रगति हासिल गरेको छ। कोरोना भाइरस महामारीलाई उदाहरण लिउँ, महामारीको संयुक्त रुपमा प्रतिकार गर्ने क्रममा तिब्बतले नेपाललाई महामारी विरुद्ध सामग्री उपलब्ध गराएको छ।

सन् २०१९ अक्टोबर महिनामा चीनका राष्ट्राध्यक्ष सी चिन फिङले नेपालको भ्रमण गर्नुभएको थियो। उहाँको भ्रमणले दुई मुलुकको सम्बन्धलाई विकास र समृद्धितर्फ उन्मुख हुने मैत्रीपूर्ण रणनैतिक सहयोगात्मक साझेदारी सम्बन्धको रुपमा माथि उकासेको छ र "हिमालय पार हुने मित्रता" लाई नयाँ उचाइमा पुर्‍याएको छ।

"तेह्रौ‌ पञ्च वर्षीय योजना" सम्पन्न हुनलागेको छ। तर तिब्बत र नेपालबीचको सहयोग कहिले सकिँदैन, निरन्तर चलिरहने छ साथै अझै घनिष्ठ हुने छ।

जानकारी तथा लेखहरु