फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

सी चिन फिङद्वारा तेस्रो विश्व शीर्ष वैज्ञानिक मञ्च-२०२० लाई भिडियो सन्देश

(GMT+08:00) 2020-10-30 18:17:04

तेस्रो विश्व शीर्ष वैज्ञानिक मञ्च-२०२० अक्टोबर ३० तारिख चीनको शाङहाइमा आयोजित भयो। चीनका राष्ट्राध्यक्ष सी चिन फिङले मञ्चका लागि भिडियो भाषण दिनुभयो।

सी चिन फिङले नयाँ कोरोना भाइरसको प्रकोपदेखि नै विभिन्न देशका वैज्ञानिकहरूले महामारी विरूद्ध लड्न विभिन्न तरिकाहरू पत्ता लगाउन मिलेर काम गरेको औंल्याउनुभयो। उहाँले चीनले वैज्ञानिक र प्राविधिक सिर्जनालाई ठूलो महत्व दिने र सिर्जनालाई विकासको पहिलो चालक शक्तिको रूपमा लिन आग्रह गर्नुभयो। चीनले अधिक खुला, समावेशी र पारस्परिक फाइदा पुर्‍याउने अन्तर्राष्ट्रिय वैज्ञानिक र प्राविधिक सहयोग रणनीति कार्यान्वयन गर्नेछ, र विश्वका शीर्ष वैज्ञानिकहरू, अन्तर्राष्ट्रिय वैज्ञानिक र प्राविधिक संस्थाहरूसँग प्रमुख वैज्ञानिक मुद्दाहरूमा अनुसन्धानलाई मजबुत पार्न र प्रमुख रणनीतिक वैज्ञानिक परियोजनाहरूमा गहन सहयोगको लागि काम गर्न इच्छुक रहेको राष्ट्राध्यक्ष सीले बताउनुभयो।

विश्व शीर्ष वैज्ञानिक म‌ञ्च विश्व शीर्ष वैज्ञानिक संघद्वारा आरम्भ गरिएको थियो र शाङहाइ पार्टीको शहरी समिति र शाङहाइ सरकारद्वारा आयोजित भएको थियो। यो मञ्च अनलाइन भिडियो र अफलाइन उपस्थितिको संयोजनबाट आयोजित गरिएको थियो। ६१ नोबेल पुरस्कार विजेताहरू सहित विश्वभरका ३०० भन्दा बढी वैज्ञानिकहरूले यस मञ्चमा भाग लिएका थिए।

जानकारी तथा लेखहरु