|
|
|
|||||||||
|
||

यस अक्टोबर २६देखि २९ तारिखसम्म चिनियाँ कम्युनिष्ट पार्टी १९औँ केन्द्रिय समितिको पाँचौँ पूर्ण बैठक पैचिङ्मा आयोजित भयो। यस बैठकले《चिनियाँ कम्युनिष्ट पार्टीको केन्द्रीय समितिको नागरिक अर्थतन्त्र र सामाजिक विकासको १४औं पञ्च वर्षीय योजना र सन् २०३५ दीर्घकालीन लक्ष्यनिर्धारण सुझाव》पारित गरेको छ। अन्तर्राष्ट्रिय अर्थतन्त्र,वैज्ञानिक प्रविधि,संस्कृति,सुरक्षा र राजनीति आदि प्रारुप गहिरो रुपमा व्यवस्थित बन्दै गएको पृष्ठभूमिमा चीनले भावी पाँच वर्ष अथवा अझ लामो समयको नयाँ विकास योजना सिर्जना गरेबाट चीनको विकास मात्र नभई सारा विश्वका लागि पनि स्पष्ट सूचना फैलाइएको छ।
पञ्च वर्षीय योजना चिनियाँ कम्युनिष्ट पार्टीको शासनको महत्वपूर्ण तरिका हो। श्रृंखलावद्ध पञ्च वर्षीय योजनाबाट चीनले अपेक्षाकृत सम्पूर्ण औद्योगिक प्रणाली र नागरिक आर्थिक प्रणालीको स्थापना गरेको छ। हाल तेह्रौं पञ्च वर्षीय योजना सफलताका साथ पूरा हुँदैछ भने जसले चीनको सामाजिक तथा आर्थिक विकासका लागि नयाँ दिशा सिर्जना गरेको छ। बितेका पाँच वर्षमा चीनको आर्थिक तथा सामाजिक विकासमा उल्लखनीय प्रगति हासिल भएको छ। सन्२०१९ चीनको कूल आर्थिक मात्रा दश खर्ब चिनियाँ युआन पुगेको छ। प्रति वर्षको प्रतिव्यक्तिको औसत जी.डी.पी १० हजार चिनियाँ युआनभन्दा बढी छ। बेल्ट एण्ड रोडले चीन र विश्वका लागि अझ बढी विकास अवसर प्रदान गरेको छ। तेह्रौं पञ्च वर्षीय योजनाले चीनको भावी विकासका लागि राम्रो आधार सिर्जना गर्नुका साथै विश्वलाई पनि राम्रो विकास अवसर शेयर गरेको देखिन्छ।

वर्तमान विश्वका सामु सयौं वर्षमा नदेखिएको ठूलो परिवर्तन देखा परेको छ। नयाँ कोरोना भाइरस विश्वव्यापी फैलिँदै गएको छ। अर्थतन्त्रको भूमण्डलीकरण विरुद्धको प्रवृत्ति स्पष्ट देखिन्छ। संरक्षणवाद,एकपक्षीयवाद बढ्दै गएको छ। महामारीबाट उठाइएको समस्या र अन्तर्विरोध लामो समयदेखि चलिरहेको छ। १४औं पञ्च वर्षीय अवधिमा चीनका लागि वैदेशिक वातावरण अझ जटिल हुने छ। बीबीसीले जनाएअनुसार चीनको १४औं पञ्च वर्षीय योजनाको प्रस्तुत चौतर्फी रुपमा सम्पन्न समाजको निर्माण पूरा भएको आधारमा चीनले समाजवादी आधुनिकीकरणको चौतर्फी निर्माण गर्ने पहिलो पाँच वर्ष हो भने यसको महत्वपूर्ण भावार्थ रहेको छ। चीनले १४औं पञ्च वर्षीय अवधिमा अस्थिर विश्वका लागि अझ बढी स्थिर भूमिका सिर्जना गर्ने विश्वव्यापी प्रतिक्षा रहेको छ।
सीएनएनले रिपोर्ट गरेअनुसार अमेरिका र युरोपको तुलनामा चीनले शक्तिशाली रुपमा नयाँ कोरोना भाइरसको नियन्त्रण गरेको छ। जसले चीनको नयाँ नीतिगत रुपरेखाको तर्जुमाका लागि राम्रो आधार सिर्जना गरेको छ। भविष्यमा चीनले विकासका लागि द्दढ प्रयास गर्दै विश्वलाई अझ बढी अचम्मको कुरा उपलब्धि देखाउने छ।

| © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040 |
|||||||||