फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

उच्च स्तरीय "चौधौं पञ्च वर्षीय"योजनाको तर्जुमामा प्रधानमन्त्रीको जोड

(GMT+08:00) 2020-11-01 17:15:34

"चौधौं पञ्च वर्षीय"योजनाको तर्जुमाले नयाँ विकास विचारधारालाई व्यवहारमा उतार्दै उच्च गुणस्तरको विकास र पूर्ण-क्षेत्र सुधारको प्रवर्द्धन गर्नुपर्छ। साथै यस योजनाले नयाँ विकास प्रारुपको निर्माण गर्दै जनताको दिन प्रतिदिन बढ्दो चाहनालाई पूरा गर्नुपर्छ।'

चिनियाँ प्रधानमन्त्री ली ख छ्याङले हिजो अक्टोबर ३१ तारिख राज्य परिषदको"चौधौं पञ्च वर्षीय योजना सम्झौता" सम्बन्धी तर्जुमा कार्य निर्देशन टोली बैठकको अध्यक्षता गर्दै उक्त कुरा बताउनुभएको हो। उहाँले जोड दिनुभएअनुसार चीन निरन्तर रुपमा विश्वको सबैभन्दा ठूलो विकासोन्मुख मुलुक हो। यस आधारमा उक्त योजनाको तर्जुमाले वास्तविकता बमोजिम विकासलाई प्रथम स्थानमा राख्नुपर्छ।

नवीन शक्तिले विकासलाई प्रवर्द्धन गर्ने आधारमा आधुनिक उद्योगिक प्रणालीको विकास,भित्री चाहनाको विस्तार,राष्ट्रिय र अन्तर्राष्ट्रिय दोहोरो संरचणको प्रवर्द्धन,पर्यावरणीय सभ्यताको मजबुत निर्माण,जनताको जीवन स्तरको सुधार आदि क्षेत्रमा प्रयास गर्नुपर्नेमा पनि प्रधानमन्त्री लीले जोड दिनुभयो।

जानकारी तथा लेखहरु