फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चुङ पहाडको बेलायत आक्रमण प्रतिरोधी दरबार

(GMT+08:00) 2019-01-22 14:49:22

बीसौँ शताब्दीको सुरुमा बेलायतले लाख सैनिक खटाएर भारतमाथि आक्रमण गरेको थियो। तीमध्ये एक छ सय जनाबाट गठित सेनाले सन् १९०४ को अप्रिलमा यातुङ जिल्ला हुँदै च्याङचमाथि आक्रमण गरेको थियो जसको अन्तिम लक्ष्य ल्हासा थियो। तेह्रौँ दलाइ लामाले समस्त तिब्बती सेना र जनतालाई सम्बोधन गर्दै संयुक्त रुपमा बेलायती आक्रमणको प्रतिरोध गर्न आह्वान गर्नुभएको थियो। चुङ पहाडमा बेलायती आक्रमण टोली र च्याङ चका सेना तथा जनता र पालकोर गुम्बाका लामाबीच युद्ध भएको थियो। त्यतिखेर सोह वर्षदेखि साठ्ठी वर्षको उमेरका पुरुषहरू सबै प्रतिरोधको युद्धमा संलग्न भएका थिए। उनीहरुले चुङ पहाडको अग्लो तथा भिरालो भौगोलिक अवस्थाको आधारमा भीरमा ठूला ढुङ्गाबाट आठ मिटरको चौडाइ र चार मिटरको उचाइको पर्खाल निर्माण गर्नुका साथै धेरै तोपलगायतका सैन्य सामाग्री र हतियार राख्नका लागि ठाउँको निर्माण गरेका थिए। साधारण बन्दुक, धनुष र तीर, तलवार, भाला, तथा काठबाट निर्मित विविध हतियार आदिमार्फत महलको संरक्षण गर्न उनीहरुले तीन महिनासम्म लडाईँ लडेका थिए र बेलायत आक्रमण टोलीको ठूलो क्षति गरेका थिए।

सन् १९०४ को ग्रीष्म ऋतुमा बेलायती उद्धार सेनाले त्यहाँ पुगेर बारूढ कारखानामाथि आक्रमण गरी साथै स्थानीयहरुले पूर्ण रुपमा तीन दिनसम्म प्रतिरोध गरेपछि खाना र गोली सबै सकिएपछि मात्रै महलमाथि कब्जा जमाएको थियो। पराजित भएपछि प्रतिरोध गरिरहेका सबै स्थानीय पुरुषहरू भीर तल हामफालेर देशका लागि मरेका थिए। उनीहरुले एउटा शानदार तथा महिमायुक्त इतिहास लेखेका थिए। हाल उक्त भीरको तल च्याङ च चुङ पहाड बहादुर स्मारक खडा गरिएको छ जसबाट आक्रमणको प्रतिरोध गर्ने योद्धा र शहीदको प्रशंसा गर्न लायक गतिबिधिको सम्झना गर्न सकिन्छ।


1  2  
जानकारी तथा लेखहरु