फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

# इन्द्रेणी # हजारौँ वर्षको इतिहास बोकेको प्राचीन बस्ती थोङ्ग ली

(GMT+08:00) 2019-04-29 14:48:27

जति गर्मी मौसममा थ्वै स युआन आए तापनि शीतलताको अनुभव गर्नसकिन्छ। त्यस भवनका झ्यालको काठमा कुँदिएका सुन्दर तस्वीरहरु ज्यादै कुशल देखिन्छ। ती तस्वीरहरुमध्ये फूल, चरा, पशु तथा चीनका परम्परागत कथा पनि समावेश छन्। ती विशेषतायुक्त तस्वीरले चलचित्र वा टेलिभिजन सिरियल बनाउने अधिकांश कम्पनीलाई आकर्षित गरेको छ। सन् 1984 यता त्यहाँ खिचिएका चलचित्र वा टेलिभिजन सिरियलको संख्या दुई सयभन्दा बढी पुगेको छ।

थोङ्ग ली बस्तीमा अवस्थित अर्को भवन अर्थात् च्या यिन थाङ्ग भन्ने भवन सन् 1922 मा निर्माण गरिएको थियो। त्यस भवनलाई थोङ्ग ली बस्तीमा रहेका प्राचीन भवनहरुमध्ये नमुनात्मक वास्तु पनि मानिन्छ। त्यस भवनमा काठबाट कुँदिएका एक सयभन्दा बढी मूर्तिहरु राखिएका छन्। यति धेरै काठे मूर्ति बोकेको भवन पनि विश्वमा निकै प्रख्यात छ।

च्याङ्ग सु प्रान्तको विशेषतायुक्त वातावरण र प्राचीन वास्तु-शैलीको अवलोकन गर्नका लागि प्राय:जसो पर्यटक विशेषत: विदेशी पर्यटकहरु थोङ्ग ली बस्तीमा तीन/चार दिनसम्म बस्ने गर्दछन्।


1  2  
जानकारी तथा लेखहरु