
तिब्बत स्वायत्त प्रदेशको केरुङ जिल्लामा पर्ने केरुङ ग्वो क्षेत्र चीन र नेपालबीचको सीमा नजिक रहेको एक गाउँ हो। यस गाउँमा दुई सयभन्दा बढी तामाङहरू बसोबास गर्छन्। यिनीहरूलाई नेपाली जातिका नाति-नातिनी मानिन्छ। १८औं शताब्दीको अन्तमा नेपालबाट केरुङ जिल्ला क्षेत्रमा आएका तामाङहरूले हाल छैठौं वा सातौं पुस्ता पार गरिसकेका छन्। यी तामाङहरूलाई सन् २००३ मा चीनको राज्य परिषदले अनुमोदन गर्दै औपचारिक रुपमा चिनियाँ नागरिकको हैसियतमा सूचिबद्ध गरिएको थियो। यी तामाङ व्यक्तिहरूको हँसिलो अनुहारले हालको सुखद जीवन अभिव्यक्त गरेको छ।
1 2 3 4 5 6 7 8 9 10 11