फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

नेपालका प्रधानमन्त्री ओलीद्वारा वाङ यीसँग भेट

(GMT+08:00) 2019-09-10 10:05:28

सेप्टेम्बरको ९ तारिख नेपालका प्रधानमन्त्री ओलीले काठमाण्डौंस्थित प्रधानमन्त्री निवासमा चीनका राज्य परिषदका सदस्य एवम् परराष्ट्र मन्त्री वाङ यीसँग भेट-वार्ता गर्नुभयो।

वार्तामा प्रधानमन्त्री ओलीले नेपाल र चीनबीच दीर्घकालदेखि मैत्रीपूर्ण तथा सहकार्य सम्बन्ध रहँदैआएको र यी दुई मुलुकबीच सम्बन्ध घनिष्ठ रूपमा विकसित हुँदैआएको बताउनुभयो। नेपालले सधैं नै एक चीन नीतिको समर्थन गर्देआएको र नेपालमा कुनै पनि चीन विरूद्ध गतिविधि हुन नदिएकोमा पनि जोड दिनुभयो। चीनबाट दीर्घकालदेखि नै नेपालमा समर्थन तथा सहयोग पाइरहेकोले नेपालको तर्फबाट उहाँ प्रधानमन्त्री ओलीले धन्यवाद पनि व्यक्त गर्नुभयो। "एक बेल्ड एक रोड" परियोजनाको निर्माण क्रममा यी दुई मुलुकबीचको सहकार्यलाई अझ विस्तार गर्न नेपाल इच्छुक रहेको पनि उहाँले व्यक्त गर्नुभयो।

परराष्ट्र मन्त्री वाङ यीले चीन र नेपालबीचको सम्बन्ध ठूलो तथा सानो मुलुकबीचको पारस्परिक सम्मान र साझा विजयको सक्रिय उदाहरण भएको बताउनुका साथै यी दुई मुलुकले "एक बेल्ड एक रोड" प्रस्तावको सहकार्यलाई संयुक्त रूपमा अगाडी बढाउन जोड दिनुभयो। हाल यी दुई मुलुकबीचको सम्बन्धको विकासमा नयाँ अवसर देखिएको छ र आगामी दिनमा नेपालसँग मिलेर चीन र नेपालबीचको मैत्रीपूर्ण सम्बन्धलाई अझै बलियो बनाउन चीन इच्छुक रहेको पनि उहाँले व्यक्त गर्नुभयो।

जानकारी तथा लेखहरु