फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

बंगलादेशमा विद्युत स्टेशनको निर्माण गर्ने चिनियाँ - चौ च्यानको (१)

(GMT+08:00) 2019-10-01 15:10:50

प्राचीनकालदेखि चिनियाँहरूले बच्चाको नाममा निकै महत्व दिँदै आएका छन्। सन् १९४९ जन गणतन्त्र चीनको स्थापनापछि मानिसको नामकरणमा पनि नयाँ परिवर्तन भएको देखिन्छ। उदाहरणका लागि धेरै जनाले "च्यानको" अर्थात् देशको निर्माण, "च्यानह्वा" अर्थात् चीनको निर्माण वा "चे फाङ" अर्थात् मुक्ति आदि नाम राख्ने गरेका छन्। आजको विशेष कार्यक्रमा मैले चौ च्यानको नामक एक जनाको कथा सुनाउँछु।

सन् १९७० अक्टोबर १ तारिख चौ च्यानको चिनियाँ शानतुङ प्रान्तीय थाइआन शहरमा जन्मिएका थिए। उनको सुन्दर भविष्य रहोस् र मनमा देश तथा परिवारको भावना रहोस भन्ने कामना गर्दै बुवा-आमाले उनको नाम "च्यानको" अर्थात् देशको निर्माण भन्ने राखिदिनुभयो।

बुवाआमाले उनलाई जन्मथलोमा एकजना शिक्षक बनेर आफू नजिकै बस्नुका साथै स्थिर रूपमा काम गर्दै जाने आशा गर्नुभयो। तर चौ च्यानकोले परिक्षा दिएर शानतुङ प्रान्तीय विद्युतीय ऊर्जा विश्वविद्यालयमा पढेर शानतुङ प्रान्तीय विद्युतीय ऊर्जा निर्माणको दोस्रो ईन्जिनियरिङ् कम्पनीमा थर्मल ईन्जिनियरिङ् तथा सुरक्षा व्यवस्था सम्बन्धी कार्य गर्न थाले। कामका सिलसिलामा उनले जन्मथलो छोडेर चीनका विभिन्न क्षेत्रमा थर्मल पावर प्लान्टको निर्माण गरे। त्यसपछि उनले विदेशमा थर्मल पावर प्लान्टको निर्माणमा भाग लिए। हाल उहाँले बंगलादेशमा चीन इलेक्ट्रिक पावर निर्माण समूहको विदेशी लगानी कम्पनी, लिमिटेड अन्तर्गत बंगलादेश बारिशाल कम्पनीमा संरक्षक महानिर्देशकको पदमा काम गर्न थाले।

बारिशाल कम्पनी दक्षिण बंगलादेशको बार्गुना क्षेत्रमा र बंगलादेश खाडी नजिकै पर्दछ। उक्त परियोजना सन् २०१८ अप्रिल महिनादेखि सुरू भएर सन् २०२२ जनवरीसम्म सञ्चालन हुने योजना छ। परियोजनामा पहिलो चरणको लगानी लगभग 57 करोड अमेरिकी डलर हुनुका साथै प्रतिवर्ष विद्युतको सरदर उत्पादन लगभग हरेक घण्टा 2 अर्ब 27 करोड 50 लाख किलोवाट हुनेछ। यो चिनियाँ व्यवसायले बंगलादेशमा लगानी गर्ने पहिलो आइपीपी कोइलाबाट चल्ने ऊर्जा परियोजना हो। जसले चिनियाँ प्रविधि, चिनियाँ प्रबन्ध र चिनियाँ उत्पादन प्रयोग गरेको छ।

सन् २०१८ मे २८ तारिख पहिलो चरणका चिनियाँ व्यवस्था कर्मचारीको हैसियतमा चौ च्यानको र अरू दुई जना कर्मचारीहरू निर्माण साइटमा पुगे। शुरूमा उनीहरूले भाषिक अवरोध, चिसो मौसम, प्रबन्धको अभाव, कमजोर आवास लगायत कठिनाइको सामना गर्नुपर्यो।

"हामी बारिशालमा पुग्ने बित्तिकै निर्माण साइटमा समुद्री तट मात्रै थियो। त्यहाँ केही धान खेत र पोखरी थिए। तत्काल एस्काभेटर लगायत मेसिनरी सामानको निकै अभाव थियो। कम्पनीले जुन २५ तारिख उद्घाटन समारोको आयोजना गर्न आग्रह गर्यो। त्यसैले हामीले राजधानी ढाकाबाट भाडामा तीनवटा एक्स्काभेटर लियौं। तर त्यसबेला ईद अल फित्रको विदा थियो। त्यतिखेर बंगलादेशका चालकले काम गर्दैन थिए। हामीले सक्दो प्रयासमा विविध कठिनाईको सामना गर्दै जुन २४ तारिख एस्काभेटर निर्माण साइटमा पठाएका थियौं। यसरी २५ तारिख उद्घाटन समारोहको सफलताका साथ आयोजना भयो।"

लाओस, नेपाल, पाकिस्तान, अष्ट्रेलिया र इन्डोनेशियामा विद्युत परियोजनाको तुलनामा बंगलादेशमा यो निर्माण कार्य अझै गाह्रो हुन्थ्यो। बारिशाल कम्पनीको मैत्री विभागका प्रमुख चौ शाउ हुले यसरी जानकारी दिनुभयो-

"अरू देशभन्दा बंगलादेशको परियोजना अझ गाह्रो छ। किनकि बंगलादेशमा मुख्य प्रबन्ध र सामग्री भारत तथा वरिपरि देशबाट वा चीनबाट आयात गर्नुपर्छ। तर राम्रो योजनामार्फत यी समस्याको समाधान गर्नसकिन्छ। दुवै बंगलादेश पावर लगानी ब्यूरो र विद्युत मन्त्रालयलाई हाम्रो प्रगतिबारे सन्तोष लागेको छ।"

जानकारी तथा लेखहरु