फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीन-पाकिस्तान आर्थिक करिडोरका निर्माणकर्ता च्यान क्वो

(GMT+08:00) 2019-10-03 14:21:55

चिनियाँ अन्तर्राष्ट्रिय रेडियो नेपाली सेवाको नियमित कार्यक्रम अर्थ जगतबाट म सञ्चालिका मुनाको नमस्कार। आज नयाँ चीनको राष्ट्रिय दिवस सम्बन्धी विशेष कार्यक्रम प्रस्तुत गर्दछु। प्राचीनकालदेखि नै चिनियाँहरुले नाम उच्च बनाउनुलाई निकै जोड दिन्छन्। नाम र परम्परागत चलन,संस्कृति आदि कारकतत्वसँग सम्बन्ध रहेको छ। सन्1949 नयाँ चीन स्थापना भएदेखि यता चिनियाँहरुको नाम युग सँगसँगै परिवर्तन भएको छ। धेरै चिनियाँहरुको नाम"च्यान क्वो""च्यान ह्वा""चे फाङ"को रुपमा राखिएको छ।"च्यान क्वो""च्यान ह्वा"को नयाँ चीनको निर्माण भन्ने भावार्थ छ। चे फाङको मुक्त भन्ने अर्थ छ। अब चीन-पाकिस्तान आर्थिक करिडोरको निर्माणमा कार्यरत् च्यान क्वो नामक चिनियाँ नागरिकको कथा सुन्नुहोस है।

सन्2019को मध्य शरद चाडको अवधिमा पारिवारिक पुनःमिलन गर्न नपाएका छाउ च्यान क्वो पाकिस्तानको मुल्तान क्षेत्रमा पर्ने राजमार्ग सेवा क्षेत्रमा काम गरिरहेका छन्। उनीद्वारा काम गरिएको पेशावरबाट कराँचीसम्मको उच्च गतिको राजमार्ग निर्माण चीन-पाकिस्तान आर्थिक करिडोरको सबैभन्दा ठूलो यातायात पूर्वाधार प्रबन्धको निर्माण परियोजना हो। यस राजमार्ग निर्माण परियोजना पूरा भइसकेको छ। तर उनले यहाँ अन्तिम चरणको काम पूरा गर्नुपर्ने हुन्छ। पेशावरबाट-कराँची उच्च गतिको राजमार्गको निर्माण परियोजनासँग उच्च निर्माण गति, पूर्ण कार्य, उच्च गुणस्तर आदि धेरै विशेषता रहेका छन् भने जसबाट पाकिस्तानका विभिन्न क्षेत्रको व्यापक प्रशंसा पाएको देखिन्छ। चीनको गुणस्तर र चीनको गति अभिव्यक्त भएको यस निर्माणका पछाडि छाउ च्यान क्वो जस्तै कामदारको द्दढ प्रयास छ।

हु नान प्रान्तको एक गाउँमा जन्मिएका छाउ च्यान क्वो 18 वर्षको हुँदा जन्मथलो छोडेर बाहिर काम खोज्न निस्किएका थिए। धेरै वर्षको चुनौती र कठिनाइ पार गरेर छाउले आफ्नो सजावट कम्पनीको स्थापना गरे। सन् 2016 एक राम्रो अवसर आयो। विदेशमा कार्यरत् एक चिनियाँ साथीको परिचयमा छाउले आफ्ना बीसभन्दा बढी कामदारसँग पाकिस्तानमा पुगेर पेशावर-कराँची उच्च गतिको राजमार्गको निर्माणमा भाग लिएका छन्। हालसम्म छाउले पाकिस्तानमा तीन वर्षसम्म काम गरिसकेका छन्। पाकिस्तानी कामदारको विचारमा छाउ एक मेहनती, हार्दिक तथा सदिच्छापूर्ण व्यक्ति हुन्। छाउबाट देखाएको भावना चिनियाँ भावना हो। पाकिस्तानी कामदार कासिर अब्बास यसरी भन्छन्:

चिनियाँहरुसँग काम गर्दा घर जस्तै न्यानो वातावरणको अनुभव गर्दछु। चिनियाँ राष्ट्राध्यक्ष सी चिन फिङद्वारा प्रस्तुत बेल्ट एण्ड रोड निर्णय प्रस्तावले विश्वमा सफलता पाएको छ। चीन-पाकिस्तान आर्थिक करिडोरले पाकिस्तानको आर्थिक समृद्धिलाई प्रवर्द्धन गरेको देखिन्छ। सन्1980देखि 2015सम्म चीनले आफ्नो कूल गार्हस्थ्य उत्पादन मात्रालाई प्रतिवर्ष 10प्रतिशतको वृद्धि कायम राख्दै आएको छ। यस्तो आश्चर्यजनक गतिलाई कुनै पनि मुलुकसँग तुलना गर्न सकिँदैन।

विदेशी कामदारको प्रशंसा सुनेपछि छाउ च्यान क्वोले आफ्नो देशका लागि गर्व गरे। बलियो तथा शक्तिशाली राष्ट्रले अझ बढी अवसर सिर्जना गर्दछ। एक बलियो राष्ट्रको आधारमा उनले विदेशमा अझ मिठो जीवन खोज्न सक्छन्।

हवस्त श्रोता, आजको लागि यत्ति नै। हाम्रो अर्थ जगत कार्यक्रम निरन्तर सुन्दै जानुहोला। आजको कार्यक्रमबाट म मुनालाई विदा दिनुहोस्। नमस्कार।

जानकारी तथा लेखहरु