फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

बोमि

(GMT+08:00) 2019-10-11 08:57:50

तिब्बत स्वायत्त प्रदेशको दक्षिण-पूर्वी क्षेत्रमा रहेको बोमि जिल्ला पार्लुङ जाङ्बो नदीको उत्तरी किनारमा पर्दछ। बोमि जिल्लाको राजधानी ट्रामु टाउन समुद्र सतहबाट २७०० मिटरको उचाइमा पर्छ र त्यहाँ हरेक मार्च र अप्रिलको महिना आरु फूल फुल्ने सिजन हो। आरुको फूल, सर्स्युंको फूल, र जौ खेतीले मैदानलाई रातो, पहेँलो, हरियो बनाएको हुन्छ र सुन्दर देखिन्छ। यसबाहेक यहाँ १३३ हेक्टर क्षेत्रफल फैलिएको चिया बगान छ, जुन विश्वमा सबैभन्दा अग्लो ठाउँमा रहेको चिया बगान हो र चियाको गुणस्तर पनि निकै उत्तम छ।

बोमि जिल्ला न्यानचेनथाङ्कल्हा पर्वतको पूर्वी भाग र हिमालयको पूर्वी भागमा पर्दछ। भौगोलिक अवस्थाका कारण जिल्लाको उत्तरी भाग अग्लो र दक्षिणी भाग होचो छ। जिल्लामा अग्ला पहाडहरु थुप्रै छन्। जिल्लाको मध्य क्षेत्रमा पार्लुङ जाङ्बो नदी र यिगुङ जाङ्बो नदी पर्छन् जसका दशौँ शाखा प्रवाह छन् र कूल प्रवाह क्षेत्रफल ४५४९.६ वर्ग किलोमिटर पुगेको छ। जिल्लामा खाछिङ, मुरुछाउफुलगायत दश वटा नामी पहाड छन् भने यिकुङ ताल, कु ताललगायत असीभन्दा बढी हिउँ बगेर तथा पग्लिएर बनेका तालहरु छन्। तीमध्येको यिकुङ ताल पूर्वी तिब्बतको सबैभन्दा ठूलो ताल हो जसको क्षेत्रफल २२ वर्ग किलोमिटर छ।

प्राचीन कालमा भौगोलिक अवस्थाको कारणले बोमि क्षेत्रको आर्थिक अवस्था निकै पिछडिएको थियो। कृषि र वनस्पति स्रोतको विकास भएको थिएन। हाल बोमि क्षेत्र गरिब र पिछडिएको अवस्थाबाट मुक्त भइसकेको छ। जिल्लामा हजारौँ व्यापारी व्यापार-व्यवसायमा व्यस्त छन्। चारैतिर विभिन्न हिमाली पर्वतबाट घेरिएको बोमि क्षेत्रमा हरियो बन र सेतो हिम शिखर मिलेको दृश्य जताततै देख्नसकिन्छ। अन्तहिन जीवित शक्ति प्रशस्त छन्।

1  2  
जानकारी तथा लेखहरु