चीनको पल्लो शान सी प्रान्तको पूरातात्विक वस्तु व्यूरो तथा थाइल्याण्डको संस्कृति मन्त्रालय अन्तर्गत कला व्यूरोले संयुक्त रुपमा आयोजना गरेको "छिन वंशको टेराकोट्टा विषयक प्रदर्शनी" सेप्टेम्बर १५ तारिखदेखि डिसेम्बर १५ तारिखसम्म थाइल्याण्डको राष्ट्रिय संग्रहालयमा प्रदर्शन भैरहेको छ। "छिन वंशको टेराकोट्टा विषयक प्रदर्शनी" थाइल्याण्डमा आयोजना गरिएको यो पहिलो पटक हो।
सेप्टेम्बर १५ तारिख दिउँसो "छिन वंशको टेराकोट्टा विषयक प्रदर्शनी"को उद्घाटन समारोह थाइल्याण्डको राष्ट्रिय संग्रहालयमा भव्यताका साथ आयोजना गरियो।
उद्घाटन समारोहमा थाइल्याण्डका उप-प्रधानमन्त्री विसानु क्रि-नामले प्रधानमन्त्री प्रयाद चन-ओचाको तर्फबाट जन गणतन्त्र चीनको स्थापना भएको ७० वर्षको उपलक्ष्यमा बधाई व्यक्त गर्नुभयो। थाइल्याण्ड र चीनबीचको मित्रता प्राचीन कालदेखि नै रहिआएको छ भन्दै उहाँले दुई पक्षका धेरै विभागहरुको संयुक्त प्रयासमा छिन वंशको टेराकोट्टा विषयक प्रदर्शनी सफलताका साथ थाइल्याण्डमा आयोजना भएको कुरा दुई मुलुकबीचको साँस्कृतिक आदान-प्रदानका लागि एउटा भव्य कुरा भएको दाबी गर्नुभयो। उहाँ भन्नुहुन्छ,
1 2 3