फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

#आँखीझ्याल# चीनप्रति पाकिस्तानी दुई पुस्ता विद्वानहरूको भावना

(GMT+08:00) 2019-10-25 08:51:05

शांगहाई विश्वविद्यालयबाट स्नातक गरेपछि जमिरले चीन छोडेका थिए। उनले साउदी अरबिया र पाकिस्तानमा काम गरेका थिए। उनी सन् २०१० मा सम्बन्धित् परीक्षा उत्तीर्ण गरेर चीनका लागि पाकिस्तानी राजदूतावासका विज्ञान, प्रविधि तथा शिक्षा काउन्सिलर बनेका थिए। उनी फेरि चीन आएका थिए। यस पटक उनले आफूसाथ श्रीमती र चार जना बच्चा लिएर आएका थिए।

चीनमा पढ्दा चीनमा सुधार तथा खुलापन नीति लागू शुरु भएको थियो। तर दश वर्षभन्दा बढीको समयपछि उनले चीनमा ठूलो परिवर्तन देखे। उनी भन्छन् "चीनको निकै पुरानो संस्कृति छ। चीनको हजारौ‌ वर्षको इतिहास छ। थाङ वंशमा चीन निकै विकसित थियो। हालैका दुई सय वर्षमा चीन पछि परेको थियो। यी वर्षहरूमा कठिनाइ तथा समस्याहरू भोगेको थियो। तर चिनियाँले एक विचार आत्मसाथ गरेका छन्, आफू शक्तिशाली बन्ने हो भने अरु मुलुकमा भर पर्नु हुँदैन, आत्म-निर्भर हुनुपर्छ।"

सन् २०१६ मा जमिरले चीनका लागि पाकिस्तानी राजदूतावासमा आफ्नो कार्यावधि पूरा गरेर स्वदेश फर्के। उनले राष्ट्रिय विज्ञान तथा प्रविधि विश्वविद्यालयमा चीन अध्ययन केन्द्रको स्थापना गरे। उनले "चीनको विकास अनुभव" पाठ संचालन गरेका छन्। उनी हरेक वर्ष विद्यार्थीहरूलाई लिएर चीनको भ्रमण अवलोकनमा आउने गर्दछन्। चालू वर्षको सेप्टेम्बर महिनामा जमिरले चीनको अध्ययन विषय खोलेका छन्। जमिर भन्छन् "हाम्रो देशका नेताहरु र चीनका नेताहरूबीच राम्रो भावना छ। तर चिनियाँ युवा र पाकिस्तानी युवाबीचको समझदारी भने कम देखिन्छ। पाकिस्तानी विद्यार्थीले चीनबारे प्रारम्भिक जानकारी लिने हो भने चिनियाँ कम्पनीमा रोजगार पाएपछि चिनियाँसँग सुचारु रुपमा कुराकानी गर्नसक्ने छन्।"

जमिरले पाकिस्तानी युवालाई चीन तथा चीन सम्बन्धमा जानकारी दिनुका साथै आफ्नो छोरालाई पनि राम्रोसँग हुर्काएका छन्। उनको जेठो छोरा मोआज अवानले थ्येन चिन विश्वविद्यालयमा अध्ययन गरेका थिए। हाल उनले चिनियाँ विश्वविद्यालयबाट स्नातक डिग्री र मास्टर डिग्री पूरा गरिसकेका छन्। बुबाजस्तै मोआज अवान पनि पाकिस्तान र चीनबीचको सम्बन्धलाई बढाउने विविध सामाजिक कार्यक्रममा सक्रियताका साथ सहभागी हुने गर्छन्। उनले पाकिस्तानी युवाको तर्फबाट शांगहाई सहयोग संगठनअन्तर्गत युवा शिखर सम्मेलनलाई सम्बोधन गरेका थिए। उनी पाकिस्तानी राष्ट्रिय टेलिभिजनको "पाकिस्तान-चीन आर्थिक करिडोर युग" कार्यक्रमका संचालक पनि हुन्। उनी भन्छन् "चीन-पाकिस्तान आर्थिक करिडोरले पाकिस्तानका लागि आधारभूत प्रबन्धको निर्माण गर्न लगानी लगाएको छ। यातायातको सुधार गरेको छ, बिजुलीको अभावलाई कम पारेको छ। चीन-पाकिस्तान आर्थिक करिडोर एक राजमार्ग र एक विद्युत स्टेशन मात्र नभई एक पूर्ण प्रणाली हो। ती परियोजनाको निर्माण पूरा भएपछि पाकिस्तानका लागि कसरी सहयोग लिने र साथै चीनको पश्चिमी क्षेत्रको विकासलाई कसरी बढाउने विषयमा भविश्यमा मैले अध्ययन गर्ने छु।"


1  2  
जानकारी तथा लेखहरु