फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

#अल्पसंख्यक जाति# क्वी चौ प्रान्तीय पाउ चि म्याउ तथा यी जातीय बस्तीमा कृषि तथा पर्यटनको विकास 1

(GMT+08:00) 2019-10-29 15:00:37

"मैले यहाँ काम गरेको एक वर्ष भइसक्यो। घर पनि नजिकै छ। सन् २०१५ देखि हामी हरेक वर्ष श्वीछङ शहर वा क्वीयाङ शहरमा प्रतियोगितामा भाग लिँदै आएका छौं।"

केही वर्ष यता लु च्या चाइ गाउँले विशेष प्राकृतिक शर्तको प्रयोग गरी पर्यटन तथा खेतीपाती उद्योगको विकास गरेको छ। गाउँमा एकीकृत डिजाइन तथा मर्मत गरिएका भवनहरूले विविध जातीय विशेषतालाई कायम राख्नुका साथै प्राकृतिक दृश्यको सुन्दरतालाई पनि बढाएको छ। मेहनती गाउँलेहरूले पहाडी क्षेत्रमा खेत गरेर धानखेती मात्र होइन फलफूल खेती पनि गरेका छन् त्यसबाहेक गाउँलेहरूले स्थानीय होटेलमा काम गरेर एकातिर पैसा कमाउनुका साथै अर्कातिर घरका वृद्धवृद्धाको हेरचाह पनि गरेका छन्।

लुच्या चाई गाउँका अधिकारी स्याउ वनचिनले यसरी जानकारी दिनुभयो-

"हाम्रो गाउँमा चार होटेल र एक पानी पार्क छन्। यदि राम्ररी सञ्चालन भएमा स्थानीय सर्वसाधारणले त्यहाँ कार्य गर्नसक्छन्। हाल होटेलमा हाम्रो गाउँका गाउँलेहरूले कार्य गर्दैछन्। तिनीहरूले यसबाट आम्दानी पाउनसक्छन्। पहिला नै यहाँ विद्युत सञ्चालन भइसक्यो। हाल विद्युत प्रणालीमा सुधार गरिँदैछ। त्यसबाहेक हाल नेटवर्क पनि सञ्चालित भयो। सर्वसाधारणलाई नेटवर्कको प्रयोग गर्न पाउँदा ज्यादै खुशी लाग्यो।"


1  2  
जानकारी तथा लेखहरु