फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

भारतीय पत्रिकामा चिनियाँ राजदूतको लेख प्रकाशित

(GMT+08:00) 2019-11-12 15:40:48

तिब्बत तिब्बती जाति र अरू विविध जातीहरूको साझा घर-आवास हो। इतिहासले प्राचीन कालदेखि तिब्बत चीनको अभिन्न भूभाग भएको पुष्टि गरेको छ। विश्वका विभिन्न देशहरूले तिब्बत चीनको विभाग भएको सामान्य स्वीकार गरेका छन्। कुनै देशले तिब्बतको स्वतन्त्रता र तथाकथित राजनीतिक स्थानको स्वीकार गरेको छैन।

केही वर्षयता भारतलगायत धेरै देशका सम्वाददाताले तिब्बतको भ्रमण गरेर तिब्बतमा आर्थिक तथा सामाजिक विकासको उपलब्धि, धार्मिक स्वतन्त्रता र जनताको सुखमय जीवनको अनुभव गरेका छन्। झन् झन् बढी मान्छेहरूले तर्कसंगत धारणाद्वारा तिब्बती अवस्थाको विचार गर्नुका साथै पश्चिमा सञ्चार माध्यमको गलत आरोपको खण्डन गरेका छन्। चीन सरकारले संविधान तथा कानुनबमोजिम नागरिकको धार्मिक स्वतन्त्रताको सुरक्षा गरेको छ।

सो लेखमा उल्लेख छ: सन् २००३ मा चीन र भारतले जन गणतन्त्र चीन र गणतन्त्र भारत सम्बन्धको सिद्धान्त र चौतर्फी सहयोगसम्बन्धी घोषणा पत्रमा हस्ताक्षर गरेका थिए। त्यसपछि भारतले तिब्बत स्वायत्त प्रदेश जन गणतन्त्र चीनको एक भूभाग हो भन्ने स्वीकार गर्नुका साथै भारतमा चीन विरोधी कुनै पनि राजनीतिक गतिबिधि चलाउन तिब्बतीलाई अनुमति नदिने उल्लेख छ। त्यसपछिको चीन-भारत द्वीपक्षीय पत्रमा उक्त सम्झौता पनि दोहोर्‍याइएको छ। चीनले भारतको धारणाबारे प्रशंसा गरेको छ साथै जिम्मेवारी ठूलो मुलुकको रूपमा रहेको भारतले अडानमा अडिग रहेर बचनको पालना गरी तिब्बत विषयसम्बन्धी हस्तक्षेप हटाएर चीन-भारत सम्बन्धको स्वास्थ्य तथा स्थिर विकासलाई अघि सार्न सक्ने आशा तथा विश्वास चीनले लिएको छ।


1  2  
जानकारी तथा लेखहरु