फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

शनचा प्राकृतिक संरक्षण क्षेत्र

(GMT+08:00) 2019-12-11 16:00:28

काल-कण्ठ सारस प्राकृतिक संरक्षण क्षेत्रमा काल-कण्ठ सारसले प्रमुख प्रजनन गर्ने १४०० वर्ग किलोमिटरको दलदलभूमि र बीस वटाभन्दा बढी पाँच वर्ग किलोमिटरका तालहरु पनि छन्। संरक्षण क्षेत्रमा पर्ने ताल र दलदलभूमिमा धेरै खालका पठार माछाका प्रजाति र विभिन्न पाहा, अल्गा आदि पानीमा बाँच्ने जिवहरु बस्छन् र काल-कण्ठ सारसका लागि निकै लाभदायक छ। काल-कण्ठ सारस प्राकृतिक संरक्षण क्षेत्रमा दुर्लभ जंगली जनावर र वनस्पतिहरु पनि धेरै छन्। साथै विश्वमै सबैभन्दा उचाइमा पर्ने चरा टापु अर्थात् ओस्प्रे टापु पनि यहीँ पर्छ।

शनचा ओस्प्रे टापु शनचा जिल्लाको स्युङमेइ गाउँमा पर्छ र यहाँको औसत उचाइ समुद्र सतहदेखि ४६८० मिटर छ। शनचा प्राकृतिक संरक्षण क्षेत्रको दक्षिणतिर पर्ने यो टापुको दृश्यावलोकन क्षेत्रको कूल क्षेत्रफल दुई हजार वर्ग किलोमिटर छ। ताल केन्द्रमा पर्ने टापुको क्षेत्रफल एक सय वर्ग किलोमिटर छ भने हरेक मेइदेखि अक्टोबरसम्म टापुमा धेरै चराहरू बस्छन्। यसबाहेक टापुमा रोड्यौला, हिम कमल आदि बहुमूल्य जटिबुटीहरु पनि प्रशस्त पाइन्छन्।


1  2  
जानकारी तथा लेखहरु