फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

#आँखीझ्याल# ग्रामीण पर्यटनलाई अगाडि बढाउने व्यक्ति चाउ ला थ्वै

(GMT+08:00) 2019-12-13 09:33:09

चाउ ला थ्वैले गाउँका लागि तीस हजार चिनियाँ युआनको परियोजना रकम ल्याएका थिए। तर त्यस बेला छु तुङ क्वा गाउँको यातायात सुविधाजनक थिएन। स्थानीय वासिन्दालाई ग्रामीण पर्यटन र होम्स्टेबारे चासो थिएन। चाउ ला थ्वैले एकल प्रयासमा उनको घरमा जम्मा दुई लाख चिनियाँ युआन खर्चेर होमस्टे खोलेका थिए। त्यो नै छु तुङ क्वा गाउँको पहिलो होम्स्टे थियो। शुरुको एक दुई वर्षमा कुनै पनि पाहुना उनको होम्स्टेमा आएनन्। विस्तारै विस्तारै द आङ जातीय संस्कृतिको अनुसन्धान गर्न उनको गाउँ जाने विद्यार्थीहरू धेरै भए। ती विद्यार्थीहरू उनको होम्स्टेका मुख्य पाहुना बन्न पुगे। चाउ ला थ्वै भन्छन् "सान थाइ शान चीनको एक मात्रै द आङ जातीय गाउँ हो। चीन र विदेशका विद्यार्थी, मास्टर, डाक्टरहरू जातीय संस्कृतिको अनुसन्धान गर्न यहाँ आएका हुन्। उनीहरूले द आङ जातिको संस्कृतिबारे जानकारी लिने हो भने सान थाइ शान जानुपर्छ। सान थाइ शान बस्ती जाने हो भने उनीहरूले छु तुङ क्वा गाउँमा बस्नु पृने हुन्छ।"

द आङको जातीय संस्कृतिको आकर्षण शक्ति र गाउँको यातायातलगायतका आधारभूत प्रबन्ध सुध्रिएको कारण चाउ ला थ्वैको होम्स्टेमा बस्ने पाहुनाको संख्या धेरै बढेको छ। हालका वर्षहरूयता उनको होम्स्टेको वार्षिक आम्दानी एक लाख चिनियाँ युआन पुगेको छ। चाउ ला थ्वैको प्रोत्साहनमा उनको गाउँमा चार पाँच वटा होम्स्टे एकपछि अर्को गरी खोलिएको छ। सन् २०१८ मा गाउँको समितिले सामूहिक शेयरको ढाँचामार्फत "शाङ शाङ च्यु"नामक होम्स्टे संचालन गरेको थियो। हाल "शाङ शाङ च्यु" नामक होम्स्टेमा पाँच वटा कोठा र दश वटा पलंग छन्। हरेक कोठामा द आङ जातीय विशेषताको सजावट गरिउको छ। "शाङ शाङ च्यु" मा बसेका पर्यटकले द आङ जातिको संस्कृतिको अनुभव गर्नुका साथै द आङ जातिको विशेष खाना चाख्नसक्छन्।


1  2  
जानकारी तथा लेखहरु