फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

बङ्गलादेशमा रहेका चिनियाँ व्यवसायीहरुद्वारा विविध खेलकुद कार्यक्रमको आयोजना

(GMT+08:00) 2020-01-06 09:45:47

हिजोआज चीन-बङ्गलादेश आर्थिक तथा व्यापारिक सम्बन्धको स्वस्थ विकास तथा "बेल्ट एण्ड रोड" प्रस्ताव अघि बढ्ने परिप्रेक्षमा अरु बढी चिनियाँ व्यवसायीहरुले बङ्गलादेशको बजारमा प्रवेश गरेका छन्। बङ्गलादेशका लागि चिनियाँ राजदूतावासका अनुसार, सन् २०१९ को सेप्टेम्बरसम्म बङ्गलादेशमा रहेका चिनियाँ व्यवसायहरुको संख्या एक हजार जति हुनुका साथै चिनियाँ व्यवसायका कामदारहरुको संख्या करिब १५ हजार पुगेको छ। बङ्गलादेशको चिनियाँ प्रवासी तथा चिनियाँ मूलका विदेशी संघका अनुसार, बङ्गलादेशमा रहेका चिनियाँ व्यवसायीहरुले लगानी गरेको कूल रकम एक अर्ब अमेरिकी डलर भन्दा बढी पुग्नुका साथै बङ्गलादेशका लागि एक लाख पचास हजार भन्दा बढी रोजगारी प्रदान गरेका छन्।

बङ्गलादेशमा रहेका चिनियाँहरुको संख्या बढ्दै आए तापनि तिनीहरुले बङ्गलादेशमा काम तथा बसोबास गर्ने वातावरण कठिन रहेको र फुर्सदको बेलामा सांस्कृतिक तथा मनोरञ्जन कार्य कम रहेको महसूस गरेका छन्। बङ्गलादेशका लागि चिनियाँ राजदूतावासको समर्थनमा चालू वर्ष बङ्गलादेशको चिनियाँ प्रवासी तथा चिनियाँ मूलका विदेशी संघ र बङ्गलादेशको चिनियाँ वाणिज्य संघले अघि पछि गरी अनेकन् सांस्कृतिक तथा खेलकुद कार्यक्रमको आयोजना गरेका छन्।

बङ्गलादेशमा रहेका चिनियाँ सामाजिक समूदायले आ-आफ्नो विशेषताको भूमिका खेलेर विविध सांस्कृतिक तथा खेलकुद कार्यक्रमको आयोजना गरेका छन्। बङ्गलादेशको चिनियाँ वाणिज्य संघका प्रमुख लिन वै छ्याङ यसरी भन्नुहुन्छ,

चिनियाँ वाणिज्य संघले भविश्यमा अरु बढी कार्यक्रमको आयोजना गरी बङ्गलादेशमा रहेका चिनियाँ व्यवासायका कर्मचारीहरुको जीवनमा विविधता पुर्‍याउनुका साथै विदेशमा चिनियाँहरुको छवि अरु राम्रोसँग प्रदर्शन गर्नेछ। चिनियाँ वाणिज्य संघको उत्पति चिनियाँ व्यवसाय भएको हुनाले हामीले चिनियाँ व्यवसायका लागि राम्रो सेवा पुर्‍याउनुपर्छ।

दोस्रो "चिनियाँ युवा कप" बास्केटबल प्रतियोगिताको उद्घाटन समारोहलाई सम्बोधन गर्दै चिनियाँ प्रवासी तथा चिनियाँ मूलका विदेशी संघका प्रमुख च्वाङ ली फङ यसरी भन्नुहुन्छ,

ढाकामा रहेका चिनियाँ देशबन्धुहरुलाई एकताका साथ संगठित गरी उनीहरुको काम बाहेक, स्वस्थ रुपमा बाँच्नसकियोस् भन्ने आशा हामीले गरेका छौं।


1  2  
जानकारी तथा लेखहरु