फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

#चिनारी# चीनको वसन्त चाड-1

(GMT+08:00) 2020-01-21 16:39:41

23औं दिनमा भान्सा देवताको पूजा-आजा गरिन्छ। चिनियाँहरूले विभिन्न क्षेत्रमा विभिन्न देवी-देवताको जिम्मेवारी लिएका छन्। परम्परागत संस्कृतिमा चिनियाँहरूले चुल्होनजिकै भान्सा देवताको चित्र टाँस्ने चलन छ। बाह्रौं महिनाको 23औं दिनमा मानिसहरूले भान्साको सफा गरेर पूराना देवताको चित्र जलाएर भान्सा देवतालाई विदा गरेका छन्। पहिला वर्षको अन्तिम दिनमा मानिसहरूले नयाँ भान्सा देवताको चित्र फेरि टाँसेर देवताको स्वागत गर्छन्। भान्सा देवताले हरेक परिवारमा मानिसको भनाइ तथा गतिविधिको निगरानी गरेर स्वर्गमा महादेवसमक्ष प्रतिवेदन बुझाउने विश्वास गरिएको छ। त्यसैले भान्सा देवतालाई विदा गर्दै मान्छेहरूले मिठाइ तथा चकलेटद्वारा पूजा-आजा गरेर महादेवसमक्ष मिठो भनाइ सुनाउने आशा गर्दछन्।

24 औँ दिनदेखि धेरैजसो घर-परिवारहरुले सिरक र विछ्यौना समेत धुनुका साथै कोठाभित्र वा आँगनमा पनि सफा गर्ने गर्छन। यसबाट फोहर परित्याग गरी वातावरणलाई नयाँ सफा रुप दिन सकियोस् भन्ने अर्थ लाग्छ।

चिनियाँ पात्रोअनुसार, बाह्रौं महिनाको 25औँ दिनमा तौफू तयार गर्छन्। साथै महादेवले भान्सा देवताको प्रतिवेदन सुनेर यस दिनमा विश्वको निरीक्षण गर्ने विश्वास गरिन्छ। त्यसैले यस दिनमा मानिसहरूले हरेक भनाइ र गतिविधिहरू सावधानीपूर्वक गर्नुपर्छ।

26 औँ दिनमा मासु तयार पारिन्छ। पहिला कृषि अर्थतन्त्र अविकसित भएका हुनाले धेरैले मासु खान सक्दैनथे। त्यसैले उक्त दिनबाट विशेषगरी ग्रामीण क्षेत्रमा मानिसहरूले बजारमा रक्सी, मासु, माछालगायत तयारी सामग्री किन्ने गर्थे। यति मात्र होइन,यस चाडको अवधिमा खान र पाहुनाहरुलाई खुवाउनका लागि मानिसहरुले मिठाइ,केक,मासु,फल-फूल लगायत बजारबाट पटक-पटक थरि-थरिका खाने कुरा किन्ने गर्छन्। चिनियाँ अर्थतन्त्रको विकास हुनुका साथसाथै हाल मानिसहरूको जीवन दिन प्रतिदिन धनी र सुखमय हुँदैआएको छ। त्यसैले हाल चिनियाँहले धेरै अघिदेखि नै चाडका लागि तयारी कार्य शुरु गरेको र तयारी सामग्रीको परिकार झन् झन् बढ्दै गएको देखिन्छ।

27-28औं दिनमा अर्थात आज-भोलि चिनियाँहरूले लुगा सफा गर्नुका साथै नुहाइधुवाइ गर्दछन्। जसबाट पहिला वर्षको दुर्भाग्य हटाउनुका साथै नयाँ वर्षको स्वागतको तयारी गर्छन्।

वसन्त चाड मनाउने क्रममा ढोकाका खापामा शुभकामना-लेखौट र मंगल-सूचक चित्र टाँस्ने र रंगीचंगी बत्तिहरु झुण्ड्याउने पनि गरिन्छ। वसन्त चाडको अवधिमा हाट-बजारहरुमा मानिसहरुको सुखमय जीवन,हार्दिक श्रम र डाँडा-काँडा एवं खोला-नाला जस्ता रमणीय स्थानहरुको चित्रण गर्ने प्रशस्त चित्रहरु र शुभकामना-लेखौटहरु राखिएका देखिन्छन। यसको उद्देश्य मानिसहरुलाई छनौटको अवसर प्रदान गर्नु हो। 28औँ दिन शुभकामना-लेखौट र मंगल-सूचक चित्र टाँस्ने र रंगीचंगी बत्तिहरु झुण्ड्याउने दिन हो।

त्यका साथै 28-29औं दिन मानिसहरूले वसन्त चाडको अवसरमा खाने ममः तथा मानथौ लगायत पिठोबाट बनाइएका खानाको तयार सुरू गर्छन्।


1  2  
जानकारी तथा लेखहरु