फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

सन् २०१९ मा तिब्बती शहर र ग्रामीण नागरिकको आय वृद्धि दर चीनमा पहिलो

(GMT+08:00) 2020-01-22 11:19:57

 

तिब्बत स्वायत्त प्रदेशको सन् २०१९ आर्थिक गतिविधि अवस्थाको सार्वजनिक बैठकका अनुसार सन् २०१९ मा तिब्बतको क्षेत्रीय कूल उत्पादन मात्रा १ खर्ब ६९ अर्ब ७८ करोड २०लाख चिनियाँ युआन पुगेको छ जुन सन् २०१८ को तुलनामा ८.१ प्रतिशतले बढेको छ। आमनागरिकको औसत प्रतिव्यक्तिको प्रयोज्य आय १९ हजार ५०१ युआन पुगेको छ जुन सन् २०१८ को तुलनामा १२.८ प्रतिशतले बढेको छ। शहरी र ग्रामीण नागरिकको आय सबैले विश्वको पहिलो स्थान लिएको छ।

सन् २०१९ तिब्बतको आर्थिक गतिविधि समष्टिगत रुपमा स्थिर रूपमा विकसित भएको छ भने स्थिरतामा प्रगति पाइँदै गएको प्रवृत्ति देखिएको छ। कृषि तथा पशुपालन व्यवसायको विकासले तिब्बतको आर्थिक विकासमा एकदमै महत्वपूर्ण भूमिका सिर्जना गर्दछ साथै आधारभूत तहका कृषक तथा पशुपालनको उत्पादन तथा आम्दानीसित प्रत्यक्ष तथा घनिष्ट सम्बन्ध रहेको छ। सन् २०१९ मा तिब्बतले कृषि, वन, पशुपालन र मत्स्य पालन व्यवसायमा २१ अर्ब २८ करोड चिनियाँ युआनको कूल उत्पादन मात्रा सिर्जना गरेको छ जुन सन्२०१८ को तुलनामा ८.९ प्रतिशतले बढेको देखिन्छ।

जानकारी तथा लेखहरु