|
|
|
|||||||||
|
||

जनवरी २८ तारिख रातिसम्म चीनका २९ प्रान्त, शहर तथा प्रदेशबाट लगभग छ हजार जना चिकित्सकहरूले हु पै प्रान्तलाई सहयोग गर्ने अनुमान छ। यी चिकित्सकहरू उहानलगायत ७ शहरस्थित प्रख्यात अस्पतालहरूमा काम गर्दछन्।
सोही दिन आयोजित चिनियाँ राष्ट्रिय स्वास्थ्य आयोगको पत्रकार सम्मेलनमा सम्बन्धित जिम्मेवारले उक्त जानकारी दिएका हुन्। ती अधिकारीका अनुसार, चिकित्सकसँग प्रशस्त अनुभव छ। तीमध्ये धेरै जनाले सार्स र अफ्रिकामा इबोला महामारीको नियन्त्रण कार्यमा भाग लिएका थिए।
चिकित्सकको गतिविधिले चिनियाँ सर्वसाधारणलाई गहिरो छाप पारेको छ। सर्वसाधारणले विविध तरिकाद्वारा चिकित्सकलाई सम्मान व्यक्त गरेका छन्।

त्यसका साथै चिनियाँ राष्ट्रिय स्वास्थ्य आयोगको तथ्याङ्कअनुसार, जनवरी २७ तारिखको मध्यरातसम्म चीनमा नयाँ कोरोना भाइरसबाट संक्रमित निमोनिया संक्रमित निश्चित रोगीको संख्या ४५१५ जना हुनुका साथै कुल गम्भीर रोगी ९७६ र मृतकको संख्या १०६ पुगेको छ। उपचारपछि ठीक भएकाहरुको संख्या ६० पुगेको छ भने शंकास्पद रोगीको संख्या ६९७३ पुगेको छ। त्यसबाहेक सोही दिन निगरानीमा रहेका ९१४ जनालाई मुक्त गरिनुका साथै अन्य ४४१३२ जनालाई चिकित्सा निगरानीमा राखिएको छ।
उहान युनियन अस्पतालले नयाँ कोरोना भाइरसको न्युक्लिक एसिड परीक्षण प्रयोगशालाको स्थापना गरी सकेसम्म ६ घण्टामा नयाँ कोरोना भाइरसको संक्रमण छ कि छैन भन्ने निश्चित गर्न सकिन्छ।
| © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040 |
|||||||||