फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

इटालीको राष्ट्रपति भवनमा हु पैको लोक सङ्गीत

(GMT+08:00) 2020-03-09 09:53:03

गत फेब्रअरी १३ तारिख बेलुका इटालीको राष्ट्रपति भवनमा एउटा विशेष सङ्गीत समारोह आयोजना गरिएको थियो। उक्त सङ्गीत समारोह कोरोना भाइरस एनसीपी महामारीको प्रतिरोध गर्ने चिनियाँ जनताप्रति समर्थित थियो।

हुङ हु तालको लहर शानदार हुन्छ। यो चीनमा प्रचलित हु पै प्रान्तको लोक गीतको धुन इटालीको राष्ट्रपति भवनमा बजाइएको थियो। एनसीपी महामारीपछि समस्त चीनले यसको सक्दो प्रतिरोध गरिरहेको छ। यस विशेष अवस्थामा इटालीका राष्ट्रपति सर्जीओ माटारेलाले चिनियाँ पियानोवादकको विशेष एकल वादन सङ्गीत समारोहको आयोजना गरी चिनियाँ जनतालाई इटाली जनताका मैत्रीपूर्ण भावना तथा समर्थन अभिव्यक्त गर्न निर्णय गर्नुभएको थियो। उहाँ भन्नुहुन्छ,

यस सङ्गीत समारोहले इटाली र चिनियाँ जनता बीचको मित्रताको प्रतिनिधित्व गरेको छ। चालू वर्ष इटाली र चीन बीचको दौत्य सम्बन्ध स्थापना भएको ५०औं वार्षिकोत्सव हो। यस उपलक्ष्यमा दुवै पक्षले हार्दिकताका साथ आपसी हितयुक्त सहयोगलाई अघि बढाउने छन्। चीनले जरुरी रुपमा महामारीको प्रतिरोध गरिरहेको छ र विश्व स्वास्थ्यको संरक्षणका लागि चीनले गरेको प्रयासमा इटालीले समर्थन गरेको छ। महामारी हाम्रो साझा शत्रु हो।

इटालीमा बसोबास गर्ने प्रसिद्ध चिनियाँ पियानोवादक च्य्वी चिनले उक्त समारोहमा एकल रुपमा चीन र विदेशका प्रसिद्ध पियानो धुन बजाउनुभयो। उहाँले बनाउनुभएको बिथोभनको सोनाटा "उत्साह"ले संघर्ष गर्ने दृढ अठोट अभिव्यक्त गरेको थियो साथै हु पैको लोक गीतको धुनबाट पनि तत्स्थानमा रहेका हरेक दर्शक प्रभावित भएका थिए। च्य्वी चिन यस पटकको वादनको विशेष अर्थ रहेको बताउनुहुन्छ,

धेरै वर्षदेखि सिकेको सङ्गीतमार्फत् मातृभूमि तथा चिनियाँ देशबन्धुहरुको समर्थन गर्न पाएकोमा मलाई गौरव लाग्यो। चिनियाँहरु एकबद्ध हुनसकोस् भन्ने मेरो आशा छ। आजको वादनमा अन्त्यमा मैले 《काया पलट भएको दिन》 बजाएँ। सुखमय दिन छिटै आउने मेरो विश्वास छ। वु हान होस्टेमा हैंसे। चीन होस्टेमा हैंसे।

सो सङ्गीत समारोहमा इटाली सरकारका प्रतिनिधि तथा विभिन्न क्षेत्रका व्यक्तिहरु, इटालीका लागि चिनियाँ राजदूत ली च्यू ह्वा, चिनियाँ राजदूताबासका कूटनीतिज्ञ, चिनियाँ प्रवासी , चिनियाँ मूलका विदेशी र इटालीमा अध्ययनरत चिनियाँ विद्यार्थीहरु लगायत २०० जना भन्दा बढी व्यक्ति सहभागी भएका थिए। इटालीका विदेश मन्त्री लुईगि दि माइओले सो सङ्गीत समारोह चीन-इटाली पर्यटन तथा संस्कृति वर्षको एउटा महत्वपूर्ण कार्यक्रम हुनुका साथै महामारीको प्रतिरोध गर्न सक्दो प्रयास गरिरहेका चीन सरकार तथा चिनियाँ जनतालाई सहायता पुर्‍याउने अवसर पनि भएको बताउनुभयो।

हामी चीनलाई न्यानो अभिवादन गर्न चाहन्छौं। यस कठिन घडीमा इटालीले हरेक क्षण चीन सरकार तथा चिनियाँ जनतालाई सहायता पुर्‍याउने तयारी गरेको छ। यसका साथै महामारीको प्रतिरोधको महायुद्धको नेतृत्व गर्ने चिनियाँ राष्ट्राध्यक्ष सी चिन फिङलाई हामी सलाम गर्न चाहन्छौं।

सङ्गीत समारोहपछि इटालीका जनताले महामारीको प्रतिरोध गर्ने पक्षमा चीनले गरेको प्रयासको प्रशंसा गरी यस अप्ठ्यारो बेलामा इटालीका जनता अडिग भएर चिनियाँ जनताको साथमा रहेका कुरामा जोड दिए।

जानकारी तथा लेखहरु