फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

#अल्पसंख्यक जाति# घोडाबाट गश्ती

(GMT+08:00) 2020-03-10 10:25:06

हरेक दिन घोडचढी टोलीले तीन समूहमा विभाजित भएर हरेक एक घण्टामा एकपटक गश्ती गर्दछ। गश्ती गर्ने मार्ग लगभगभ १० किलोमिटर पुगेर हरेकपटक गश्ती गर्दा लगभग दुई घण्टा लाग्छ। हाल उक्त घोडचढी टोली स्थानीय महामारीको सामना गर्ने आपतकालीन टोलीमा राखिएको छ। घोडालाई खुवाउनका लागि स्थानीय सरकारले घोडचढी टोलीलाई घाँस प्रदान गरेको छ।

हान जातीय महिला चाङ यु स्या स्थानीय मोबाइल कम्पनीमा कार्यरत कर्मचारी हुन्। कार्यको पुनःसुरूअघि उनले स्वयम सेवकको हैसियतमा घोडचढी टोलीमा भाग लिएकी थिइन्। उनले भनिन्-बाल्य कालदेखि मलाई घोडा चढ्न आउँछ। त्यसैले गश्तीमा भाग लिएर आफ्नो श्रेष्ठताको योगदान गरेकी छु। महामारीको विरूद्ध धेरै स्वास्थ्यकर्मी र सरकारी कर्मचारीहरूले प्रयास गरेका छन्। मैले पनि यसमा भाग लिएकी छु।

घोडचढी संघका प्रमुख युनालिन मंगोलियाली जातिका व्यक्ति हुनुहुन्छ। उहाँ अहिले ७० वर्षको हुनुभयो। उहाँले भन्नुभयो-

महामारीका सामु विभिन्न जातिहरू एकिकृत हुँदा सबैलाई राम्रो प्रभाव परेको छ। घोडचढी टोलीमा चार जना कम्युनिष्ट पार्टीका सदस्य पनि छन्। तीमध्ये मंगोलिया जाति, ह्वी जाति र हान जातिका छन्। विशेष गरी एकजना ह्वी जातीय सदस्यको उमेर सबैभन्दा बढी छ। उनी खाना पकाउने काम गर्छन्। उनले आफ्नो कामलाई निरन्तरता दिइरहेका छन्।


1  2  3  
जानकारी तथा लेखहरु