|
|
|
|||||||||
|
||

"नमस्ते। मेरो नाम लु हाई यान हो। म तिरानाबाट आएको हुँ। म शाङहाईमा बसोबास गर्छु। म चीनमा करीब बाह्र वर्ष बसेकी छु। शाङगहाई एक आधुनिक शहर हो। हरेक वर्षमा शाङहाईमा नयाँ परिवर्तन हुने गर्छ। म पनि पैचिङ, च च्याङ, नान चिङ, श्या मन गएको छु। ती ठाउँहरू पनि सुन्दर छन्।"

कोरोना भाइरस महामारी सार्वजनिक भएपछि लु हाई यान र परिवारका सदस्यले विभिन्न माध्यममार्फत सरकार र सम्बन्धित विभागद्वारा सार्वजनिक गरिएको कदमबारे जानकारी लिएकी र व्यक्तिगत सुरक्षा गरेकी छन्। लु हाई यान भन्छिन् "महामारी भएको शुरुमा हामीले टेलिभिजन र अरु सञ्चार-माध्यमबाट रोकथाम कदम र सम्बन्धित सूचनाबारे जानकारी लियौँ। इन्टर्नेट सबैभन्दा छिटो र सहुलियत माध्यम हो। आवास समुदायले प्रतिदिन हामीलाई बाहिर जाँदा मास्क लगाउन र हात धुन भनेको छ। यस बाहेक, सरकारले धेरै सुरक्षा कदम चालेको छ। मेरो विचारमा उनीहरूले धरै कार्य गरेका छन्।"
अल्बानियाका नातेदारहरूले लु हाई यानप्रति चिन्ता लिएका छन्। लु हाई यान र उनकी आमाले नातेदारलाई शाङहाईको जीवन अवस्थाबारे जानकारी दिएकी छिन्। महामारीबारे उनी र आमाको जानकारी अल्बानियाका नातेदारभन्दा धैर्य भएता पनि चिकित्सा अनुभव नरहेकी लु हाई यान गम्भीर महामारी अवधिमा स्वयं सेविका बन्दा उनकी आमा चिन्तित छिन्। तर आमाले छोरीको छनौटको समर्थन दिइन्। स्वयं सेविका बनाउने उद्देश्यबारे चर्चा गर्दा लु हाई यान भन्छिन् "आमाले मसँग अरुलाई सहयोग गर्ने धारणा सिकाउनुहुन्छ। केही वर्षअघि म रेड क्रसमा संलग्न थिएँ। म एकजना विद्यार्थी हुँ र एकजना विदेशी पनि हुँ तर आवेदन प्रक्रिया चिनियाँजस्तै छ, सुचारु छ।"

स्वयं सेवकसेविकाको आवेदन अप्ठ्यारो होइन तर कार्य सजिलो पनि होइन। लु हाई यानको कार्य समय मध्यान्ह बाह्र बजेदेखि साझँ छ बजेसम्म छ। कार्य अवधिमा उनले एक्सप्रेसको शुल्कद्वारपछि गाडी प्रवाहको निर्देशन र शारीरिक तापक्रम मापन गर्ने जिम्मा लिएकी छिन्।
स्वयं सेवाको कठिनाइ छ तर लु हाई यानले कार्यको सफलताका साथ पूरा गरेकी छिन्। एक्सप्रेसको शुल्कद्वारपछिको सेवा पूरा गरेपछि उनी आबास समुदायको स्वयं सेवामा सहभागी भइन्। आफ्नो योगदानबारे चर्चा गर्दै उनी भन्छिन् "चीनको हरेक ठाउँ, हरेक आबास समुदायमा मजस्तै धेरै जनाले अरु जनालाई सहायता दिएका छन्। हामीले अरु जनालाई मास्क लगाउन भन्छौँ, बृद्धबृद्धलाई हेरचाह गर्न मद्दत दिन्छौँ। नागरिकलाई रोगको जोखिमबारे जानकारी दिन्छौँ। अरु स्वयं सेवकसेविकाजस्तै मैले महामारीको प्रतिरोधका लागि आफ्नो योगदान दिएको छु।"
| © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040 |
|||||||||