|
|
|
||
२९ तारिख दिउँसो चीनका राष्ट्राध्यक्ष सी चिन फिङले च च्याङ प्रान्तको निङ पो चौ शान बन्दरगाहको निरीक्षण गर्नुभयो। निङ पो चौ शान बन्दरगाह लगातार ११ वर्षदेखि कार्गो प्रवाहका लागि विश्वको पहिलो स्थानमा रहेको छ। महामारी विश्वव्यापी रूपमा फैलिएपछि चीनले संयुक्त रूपमा विश्व औद्योगिक आपूर्ति श्रृंखलाको स्थिरता कायम राख्न स्पष्ट संकेत पठाएको छ।
बन्दरगाह आर्थिक विकासको ब्यारोमिटर हो भने विश्वव्यापी औद्योगिक आपूर्ति श्रृंखलाको स्थिरता कायम राख्न अत्यन्त महत्वपूर्ण भूमिका खेल्दछ। निङ पो चौ शान बन्दरगाहले यस वर्षको पहिलो दुई महिनामा १६ करोड ३० लाख टन कार्गोको प्रवाह कार्य पूरा गरिसकेको छ, जुन गत वर्षको सोही अवधिको तुलनामा 98% ले बढी हो। विश्वव्यापी अर्थतन्त्रलाई स्थिरता दिनका लागि चीनले व्यवहारिक कदम चालेको छ।
केही समयदेखि, नयाँ कोरोना भाइरसको महामारीले विश्वव्यापी वित्तीय बजार, औद्योगिक आपूर्ति श्रृंखला, र व्यक्ति उत्पादन र जीवनमा ठूलो क्षति पुर्याएको छ। यस सन्दर्भमा चीनले अझै पनि महामारी रोकथाम सामग्रीको विश्वव्यापी आपूर्ति श्रृंखला स्थिर राख्न सक्रिय भूमिका खेलिरहेको छ। मार्च 26 तारिखसम्म, चीन नागरिक उड्डयनले महामारी रोकथाम सामग्रीको २३ पटक अन्तर्राष्ट्रिय यातायात कार्यहरू सञ्चालन गरिसकेको छ भने जम्मा ४०० टन भन्दा बढी सामग्रीहरू त्यसमा समावेश छन्।
बीस मुलुक समूह शिखर सम्मेलनको भिडियो शिखर सम्मेलनमा चिनियाँ राष्ट्राध्यक्ष सी चिनफिङले स्पष्ट सम्बोधन गर्नुभएअनुसार चीनले अन्तर्राष्ट्रिय समाजका लागि औषधी,दैनिक आवश्यकता, महामारीको रोकथाम सामग्री आदि मालसामानको आपूर्तिलाई बढाउँदै कम्जोर जनसमूहको संरक्षण गर्नुका साथै जनताको आधारभूत जीवनको प्रत्याभूति दिनेछ।
हाल चीनले लाओस,पाकिस्तान,बेलायत आदि मुलुकका लागि धेरै चिकित्सा टोली र महामारी रोकथाम सामग्री पठाएको छ। फ्रान्सेली स्वास्थ्य मन्त्रालयले चीनसँग एक अर्ब मास्क खरिद गरेको छ।
विश्व स्वास्थ्य संगठनको सम्बन्धित तथ्याङ्कअनुसार पैचिङ्ग समयअनुसार गत मार्च ३० तारिखसम्म सारा विश्वमा नयाँ कोरोना भाइरस संक्रमित संख्या 63लाख ८हजार १४६ पुगेको छ भने ३० हजार १०५ जनाको मृत्यु भएको छ। सारा विश्वका २०२ मुलुक तथा क्षेत्रमा नयाँ कोरोना भाइरस संक्रमित बिरामी देखिएका छन्। यस महामारी अवस्थाले सारा विश्वको बैकिङ्ग परिपार्टी र वास्तविक अर्थव्यवस्थामा पार्ने प्रभाव निरन्तर भैरहेको अनुमान गरिएको छ।
बीस मुलुक समूहका नेताहरुले यस भिडियो शिखर सम्मेलन पछि संयुक्त वक्तव्य प्रकाशित गर्दै सकेसम्म वर्तमान सबै नीति नियमले यस महामारीद्वारा अर्थतन्त्र र समाजमा सिर्जना गरिएको क्षतिलाई घटाउँदै सारा विश्वको व्यापार तथा लगानी वातावरणको स्थिरताका लागि प्रयास गर्दै जाने छन्।
© China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040 |