फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

#अल्पसंख्यक जाति# तिब्बतको बदलिँदो परिवर्तनमा चिनियाँ व्यवस्थाको श्रेष्ठता प्रतिबिम्बित

(GMT+08:00) 2020-04-07 10:14:29

"आजको तिब्बतमा जनतासँग व्यापक प्रजातान्त्रिक राजनीतिक अधिकार हुनुका साथै धार्मिक स्वतन्त्रताको पूर्ण प्रत्याभूति गरेर विभिन्न जातीय सर्वसाधारणहरु अनारको दानाजस्तै घनिष्ट रूपमा अंगालो हाल्दा चिनियाँ राष्ट्रको समुदायिक विचार अझ सुदृढ बन्दैछ। आजको तिब्बतमा अर्थतन्त्र र समाज उच्च गुणस्तरीय विकास भएको, जनजीवनको स्तर व्यापक रुपमा बढेको, समाजको समग्र अवस्था मेलमिलाप तथा स्थर कायम राखिएको र सुन्दर तिब्बतको निर्माणको उपलब्धि स्पष्ट भएको छ। तिब्बत निरन्तर रूपमा विश्वमा वातावरणको गुणस्तर सबैभन्दा राम्रो भएका क्षेत्रहरूमध्येको एक हो।"

चिनियाँ तिब्बत शास्त्र अनुसन्धान केन्द्रअन्तर्गत समाज तथा अर्थतन्त्र विभागका उप-अनुसन्धानकर्ता याङ थाउले यसबारे जानकारी दिनुभयो-

"तिब्बतमा निशुल्क चिकित्साको आधारमा कृषि तथा पशुपालन क्षेत्रीय चिकित्सा प्रणालीको स्थापना तथा सुधार भएको छ। जसबाट विभिन्न तहको चिकित्सा प्रत्याभूति प्रणालीको स्थापना भयो। सामाजिक प्रत्याभूति व्यवस्थापनले दृढ सुरक्षा संजालको स्थापना गरेको छ। तिब्बतीहरूको सरदर आयु प्रजातान्त्रिक सुधारअघिको ३५.५ बाट सन् २०१९ को ७०.६ वर्ष पुगेको छ।"

1  2  3  
जानकारी तथा लेखहरु