फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

टर्कीमा अध्ययनरत् विद्यार्थी लिउ या नान र "स्वास्थ्य झोला"को कथा

(GMT+08:00) 2020-04-27 15:59:52

हिजोआज कोरोना भाइरस महामारीको नियन्त्रण कार्यमा चीनमा केही उपलब्धि हासिल भए तापनि विश्वका अन्य मुलुक तथा क्षेत्रहरुमा महामारी निरन्तर रुपमा फैलिंदै आएको छ। जसबाट विदेशमा अध्ययनरत चिनियाँ विद्यार्थीहरु गम्भिर रुपमा प्रभावित भएका छन्। उनीहरुको स्वास्थ्य तथा सुरक्षालाई ध्यान दिने व्यक्तिहरु उनीहरुका बुवा आमा मात्र होइन, विदेशका लागि चिनियाँ राजदूतबासका कर्मचारीहरु पनि हुन्। हाल इस्तानबुलस्थित चिनियाँ महावाणिज्य दूताबासले टर्कीमा अध्ययनरत विद्यार्थीहरुलाई प्रदान गरेको स्वास्थ्य झोलाले चिनियाँ विद्यार्थीहरुलाई मातृभूमिप्रति माया ममताको महसूस गराएको छ। महामारीको अवस्थामा इस्तानबुलस्थित चिनियाँ महावाणिज्य दूताबासले चिनियाँ विद्यार्थीहरुलाई महामारीको प्रतिरोधका लागि विविध आवश्यक सामग्रीसहितको स्वास्थ्य झोला प्रदान गरेको छ। साथै "यदी महावाणिज्य दूताबासमा एउटै मात्र मास्क बाँकी रहेको खण्डमा पनि त्यसलाई चिनियाँ विद्यार्थीको अनुहारमा नै लगाउने" वचनबद्धता समेत दिएको छ।

मार्च २६ तारिख इस्तानबुलस्थित चिनियाँ महावाणिज्य दूताबासले विच्याटमा जनाएको एउटा भिडियोबाट धेरै चिनियाँ प्रभावित भए । सो भिडियोमा टर्कीमा अध्ययनरत् विद्यार्थी लिउ या नानले महावाणिज्य दूताबासबाट प्रदान गरिएको स्वास्थ्य झोला पाएपछि "चीन, म तिमीलाई माया गर्छु" शीर्षकको चिनियाँ गीतमार्फत् मातृभूमिप्रति धन्यवाद व्यक्त गरेकी छिन्।

महावाणिज्य दूताबासको यस स्वास्थ्य झोलाभित्र मास्क, किटाणुशोधन पानी, स्यानिटाइजर र भिटामिन लगायतका सामग्रीहरु छन्। लिउ या नानले महावाणिज्य दूताबासको सूचना पाउँदा आफू धेरै प्रभावित भएको बताएकी छिन्,

मातृभूमिले हामीलाई धेरै सहानुभूति देखाएको छ। महावाणिज्य दूताबासको यस्तो राम्रो सूचनालाई मैले विच्याटको मोमेन्टमा राखेपछि मेरा साथीहरुले चीन धेरै राम्रो मुलुक भएको भन्दै प्रशंसा गरेका छन्।

मार्च २६ तारिख इस्तानबुलस्थित चिनियाँ महावाणिज्य दूताबासद्वारा आयोजित कार्यक्रममा इस्तानबुलको विदेशी विद्यार्थी संघका सदस्य चौ च्युन यानको हातबाट लिउ या नानले स्वास्थ्य झोला पाएपछि निकै खुशी भइन्। उनले गीतबाट चीनलाई कृतज्ञता ज्ञापन गर्ने निर्णय गरिन्।

त्यस बेला म निकै उत्साहित भएँ । मातृभूमिलाई धन्यवाद दिन मैले चौ च्युन यानलाई भनें "म एउटा गीत गाउन चाहन्छु" । त्यसपछि मैले "चीन,म तिमीलाई माया गर्छु" भन्ने गीत गाएँ।

चिनियाँ महावाणिज्य दूताबासले टर्कीमा अध्ययनरत चिनियाँ विद्यार्थीहरुलाई स्वास्थ्य झोला प्रदान गर्नु बाहेक, महावाणिज्य दूत छ्वै वैले मार्च २७ तारिख अनलाइनमा चिनियाँ विद्यार्थीहरु र उनीहरुका अभिभावकसँग आदान-प्रदान गर्नुभयो। उहाँले चिनियाँ विद्यार्थीहरु र उनीहरुका अभिभावकलाई टर्कीमा कोरोना भाइरस महामारीको पछिल्लो अवस्थाबारे जानकारी दिनुका साथै विद्यार्थीहरुलाई आफ्नो स्वास्थ्यको ख्याल गर्न निर्देशन दिनुभयो। अनलाइन आदान-प्रदानको क्रममा माहावाणिज्य दूत छ्वै वैले "यदी महावाणिज्य दूताबासमा एउटै मात्र मास्क बाँकी रहने हो भने हामी त्यसलाई चिनियाँ विद्यार्थीको अनुहारमा लगाउने वचनवद्धता दिन्छौं" समेत भन्नुभयो। यस कुराले लिउ या नानलाई धेरै प्रभावित बनायो।

माहावाणिज्य दूत छ्वै वैले धेरै अभिभावकहरुको प्रश्नको जवाफ दिई टर्कीको अवस्थाबारे जानकारी दिनुभयो। उहाँबाट जानकारी पाएपछि हामी सबै चिनियाँ विद्यार्थी र हाम्रा अभिभावकहरू ढुक्क भए। यहाँ बसेर मातृभूमिको कुरा मान्दा म आफूलाई सबैभन्दा सुरक्षित रहेको महसूस गरेकी छु।

चीनमा बस्ने लिउ या नानकी आमाले पनि टर्कीमा बस्ने आफ्नी छोरीबारे चिन्ता लिएनन्।

महावाणिज्य दूताबासले प्रदान गरेको स्वास्थ्य झोलाप्रति धेरै धन्यवाद दिन चाहन्छु। महावाणिज्य दूताबासले आयोजना गरेको यस पटकको अनलाइन अन्तर्क्रिया कार्यक्रमबाट हामीले टर्कीको महामारीको अवस्थाबारे जानकारी लिएका छौं। त्यहाँका चिनियाँ विद्यार्थीहरुको पढाई तथा बसाईप्रति म पनि ढुक्क भएँ।

जानकारी तथा लेखहरु