|
|
|
||
पहिले लआ गाउँ अति गरिबी गाउँ थियो। गाउँभरिका ९४ परिवारका ४ सय ३२ जनामध्ये आधा गरिब थिए। सन् २०१८ अगष्टमा कानसु प्रान्तीय जलसंसाधन विभागको आग्रहमा कानसु प्रान्तीय जल लगानी लिमिटेड कम्पनीमा कार्यरत् चाङ चिनलीले लआ गाउँमा पुगेर सहभोग कार्य सुरू गर्नुभएको छ।
गाउँ पुग्नेवितिकै चाङ चिन लीको मनमा चिन्ता पलाएको थियो- गाउँभरि पूरै तिब्बती छन्। भाषा बुझिँदैन, मान्छे चिनिदैन। कसरी कार्य गर्ने?
त्यसपछि चाङ चिनलीले यो गाउँलाई आफ्नो घरजस्तै विचार गर्नुभएको छ। उहाँले पहाडबाट खेतसम्म गाउँको हरेक छेउमा घुमेर हरेक गाउँलेसँग कुराकानी गर्नुभएको छ। छिटै समयमा उहाँले हरेक परिवारको जानकारी स्पष्ट रूपमा पाउनुभयो।
दुई वर्षपछि चाङ चिनली गाउँलेद्वारा गरिने सम्बोधन प्रान्तबाट आएका अधिकारी होइन लआ गाउँको ९५औं गाउँले भएको मान्नुहुन्छ।
पहिला लआ गाउँमा पानी पाउने ठाउँ एउटा मात्रै थियो। गाउँलेले पानी खान र प्रयोग गर्नका लागि त्यहीँबाट ओसार्नुपर्थ्यो। हिउँद ऋतुमा पानीको पाइपलाइन जम्दा पानी पाउन ज्यादै गाह्रो थियो।
गाउँलेलाई पानीको प्रयोग गर्न सुविधा दिनका लागि चाङ चिनली र गाउँका अरू अधिकारीहरूले हरेक परिवारमा कुवाको निर्माण गर्नुभएको छ।
वर्षभरि पानीको चिन्ता लाग्दैन, गाउँले थुलुलेले घरआवासअगाडि कुवाबाट पानी प्राप्त भएपछि उक्त कुरा व्यक्त गर्नुभयो।
५३ वर्षीय तिब्बती जातीय गाउँले थुलुलेको परिवार गाउँमा दर्ता गरिएको गरिब परिवारभित्र थियो। उहाँको श्रीममान बाहिर काम गर्नुहुन्थ्यो र उहाँ गाउँमा खेतीपाती गर्नुहुन्थ्यो। छोरा-छोरीले पढ्न पाइरहेका थिए। उक्त परिवारको जीवन गाह्रो थियो।
गाउँमा बसेर काम सुरूदेखि चाङ चिनलीले खतरा तथा पूरानो आवासको योजनालाई कार्यान्वयन गर्नुभएको छ। थुलुले सपरिपावारको कठिन अवस्थाबारे विचार गर्दै चाङ आफैले पैसा दिएर थुलुले परिवारका लागि टेलिभिजन, खान पकाउने सरसामान तथा अन्य सामान किनिदिनु भएको थियो।
यस वर्षदेखि थुलुलेका छोरो तथा छोरीले काम सुरू गरेको हुनाले आर्थिक बोझ कम भएको छ। सफा तथा नयाँ आवासमा बसेर उहाँले हार्दिक धन्यवाद दिनुभयो- चाङको सहयोगप्रति धेरै धेरै कृतज्ञ छु, हाल जीवन राम्रो छ। उहाँको मन सुनजस्तै छ।
समस्या भएको खण्डमा गाउँलेहरू चाङसँग छलफल गर्न मन पराउने गरेको गाउँका प्रमुख को हाइलुङले जानकारी दिनुभयो।
पहाडी क्षेत्रमा अवस्थित भएकोले लआ गाउँमा खेती कम हुन्छ। चाङ चिनलीले कानसु प्रान्तीय कृषि विज्ञान एकेडेमीबाट विशेषज्ञ बोलाएर सुझाव तथा प्रविधि भित्र्याउनुभएको छ।
गाउँ सहकारीको नेतृत्वमा यस वर्ष गाउँका पूरै २७ परिवारले जडिबुटी तथा जंगली साग रोप्नथालेका छन्। आगामी वर्ष आर्थिक नाफा पाउनेछ।
निर्धारित योजनाभन्दा छिटै सन् २०१८ मा पूरै लआ गाउँ गरिबीबाट मुक्त भएको छ।
चालू वर्ष अझै प्रयास गरेर गाउँलेका लागि धनी र सम्पन्न मार्ग तयार गर्ने कुरा चाङ चिनलीले बताउनुभयो।
© China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040 |