फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

ग्वेन र दायु दुइजनाद्बारा नदीको व्यवस्थापन-1

(GMT+08:00) 2020-05-20 10:46:05

श्री ग्वेनले आदेशअनुसार काम गर्नथाले। भयङ्कर बाढीको प्रकोप देखेर उनले निकै विचार गरे र उनले एउटा उखान सम्झे:"सिपाहीको विरोधमा जनरल, पानीको विरोधमा माटो"। गाउँ-बस्तीका चारैतिर उच्च बाँध बनाएपछि बाढी नियन्त्रण कार्य सफल हुने विचार ग्वेनले गरेका थिए। वास्तवमा त्यस बेला जताततै पानी मात्र थियो, माटो र ढुंगा कहाँबाट ल्याउने। त्यस बेला पानीबाट एउटा कछुवा बाहिर निस्क्यो र ग्वेनलाई भन्यो:स्वर्गमा "शि राङ्ग"नामक मूल्यवान् वस्तु छ। तिमी "शि राङ्ग"नामक मूल्यवान् वस्तु पाएपछि यसलाई भुइँमा फ्याँकेमा"शि राङ्ग"छिटै पहाड र बाँध बन्नेछ। यो कुरा सुनेर ग्वेन धेरै खुशी भए। उनले कछुवालाई विदा गरी त्यहाँदेखि असाध्यै टाढा पश्चिम दिशातिर लागे।

श्री ग्वेनले अति नै दु:ख-कष्ट झेलेर पश्चिमी दिशामा रहेको खुनलुन पहाड पुगे। उनले स्वर्गका सम्राटसँग दर्शन-भेट गरेपछि आफू नदीको व्यवस्थापन गर्न र जन-समूहलाई बचाउनका लागि"शि राङ्ग"नामक मूल्यवान् वस्तु लिनका लागि यहाँ आएको भने। तर स्वर्गका राजाले उनको माँग अस्वीकार गरे। ग्वेनको मनमा बाढीको प्रकोपबाट प्रभावित जन-समूह मात्र आयरहन्थ्यो। यसैले उनले लुकि-छिपी "शि राङ्ग"चोरेर पूर्वतिर लागे। उनले छिटै "शि राङ्ग"लाई भूइँमा छरे। साँच्चिकै त्यो "शि राङ्ग"तुरुन्तै पानीको सतहभन्दा उच्च देखियो। बाढी एक मिटर बढेपछि त्यो "शि राङ्ग"दश मिटर अग्लो हुन्थ्यो। अन्तमा बाढी नियन्त्रित भयो। मानिसहरु बाढीको चपेटाबाट मुक्त हुनपाएकोमा खुशियाली मनाउँदै खेतिपाति गर्नथाले।

स्वर्गका सम्राटलाई ग्वेनले "शि राङ्ग"चोरेको कुरा थाहा पाएर निकै रिस उठ्यो। उनले आफ्ना सिपाही र जनरललाई "शि राङ्ग" फिर्ता ल्याउनका लागि तल पठाए।"शि राङ्ग"नभएपछि बाढीको प्रकोप फेरि देखापर्‍यो। फेरि सबै बाँध र खेतिपाती नष्ट भए। राजा राउलाई पनि धेरै रिस उठ्यो। त्यसपछि उनले एउटा आदेश दिए। त्यस आदेशमा उल्लेख भएअनुसार, ग्वेनले पानी छेक्ने कुरा मात्रा थाहा पाएको थियो। बाँध भत्काएपछि स्थिति झन भयावह भयो। ग्वेले नौ वर्षसम्म नदीको व्यवस्थापन गरे तापनि केही सफलता हासिल हुन नसकेमा उनलाई मारिनेछ। राजा राउले ग्वेनलाई "यू"पहाडको झ्यालखानामा राखे। तीन वर्षपछि ग्वेलाई मारियो। ग्वे मरेमा बाढि प्रकोपको समस्या अझ बढ्ने विचार त्यहाँका जनताले गरे।


1  2  
जानकारी तथा लेखहरु