|
|
|
|||||||||
|
||

चिनियाँ जन काँग्रेस राष्ट्रिय सम्मेलनको बार्षिक अधिवेशन आज मै २२ तारिख पैचिङमा उद्घाटन भएको छ। चीनका राष्ट्राध्यक्ष सी चिन फिङ लगायतका सरकार तथा पार्टीका अरू नेताहरू सो सम्मेलनमा सहभागी हुनुभएका छन्। तेह्रौं चिनियाँ जन काँग्रेस राष्ट्रिय सम्मेलनको तेस्रो अधिवेशनमा जम्मा २८९७ जना प्रतिनिधिहरू सहभागी भएका छन्।

कोभिड १९ महामारीको कारण २२ बर्ष यता चीनको सर्वोच्च संस्थाको नियमित बार्षिक सम्मेलन पहिलो पटक मैमा आयोजित भएको छ। उद्घाटन सम्मेलनमा सबै सहभागीहरूले सवर्प्रथम महामारी रोकथामको काममा मृत्युभएका सैनिक तथा जनताहरूको सम्झनामा मौनधारण गरेका छन्।

चीनका प्रधानमन्त्री लि ख छ्याङले सो सम्मेलनमा गत वर्षको सरकारी कार्य रिपोर्ट प्रस्तुत गर्दै यस वर्षको कामबारे सुझाव प्रस्तुत गर्नुभएको छ। र सम्मेलनमा यी सुझावहरूबारे छलफल गरिने छ।

| © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040 |
|||||||||