फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

#अल्पसंख्यक जाति# राष्ट्राध्यक्ष सीद्वारा माउनान जाति गरिबीबाट मुक्त भएकोमा प्रशंसा

(GMT+08:00) 2020-05-26 14:47:08

राष्ट्राध्यक्ष सीका अनुसार, चौतर्फी सम्पन्न समाजको निर्माण गर्न कुनै पनि जातिका मान्छेले अभाव भोग्नु हुँदैन। केही वर्षयता धेरै अल्पसंख्यक जातिहरू क्रमशः गरिबीबाट मुक्त भएका छन्। यो गरिबी निवारण कार्यले हासिल गरेको महत्वपूर्ण उपलब्धि हो। उहाँले सर्वसाधारणसँग गरिबी निवारणलाई अझ सुन्दर तथा नयाँ जीवनतिर जाने नयाँ सुरूवात बनाएर निरन्तर प्रयास गरेर जीवनलाई झन् झन् राम्रो पार्ने आशा गर्नुभएको छ।

यस वर्ष तेस्रोपटक दुईटा अधिवेशनमा भाग लिने राष्ट्रिय काँग्रेसका प्रतिनिधि ह्वाङ पिङफङ ह्वानच्याङ माउनान जातीय जिल्लाका प्रमुख हुनुहुन्छ। राष्ट्रिय गरिब जिल्लाबाट हटाउनु धेरै वर्षदेखिको लक्ष्य हुनुका साथै नयाँ सुरूवात पनि भएको उहाँले व्यक्त गर्नुभएको छ। भविष्यमा स्थानीय सरकारले जिम्मेवार भएर, नीति, सहयोग तथा निगरानीलाई निरन्तर पार्दै वैज्ञानिक तथा विशेषतायुक्त रूपमा गरिबी निवारण कार्यलाई निरन्तरता दिइने छ।

यसपटक ह्वाङ पिङफङले जन काँग्रेसको अधिवेशनका लागि तीन सुझाव तयार गर्नुभएको छ। यी सबै सुझाव माउनान जातीय सर्वसाधारणको जीवनसँग सम्बन्धित रहेको छ। यस सुझावमा राजमार्गको निर्माण तथा मर्मत गर्ने, गाउँमा "ढल, फोहर र शौचालय"को व्यवस्थापन तथा निर्माण कार्यक्रममा अझ बढी पूँजी लगाउने आदि विषय समेटिएका छन्।

राष्ट्राध्यक्ष सीले भन्नुभएको छ- वर्तमान गरिबी निवारण अन्तिम विजय प्राप्त गर्ने मुख्य समयमा छ। यस्तो मुख्य समयमा अझ सुदृढ अठोट र व्यावहारिक कार्य चाहिन्छ। विभिन्न तहका पार्टी समिति र सरकारले पार्टी केन्द्रीय समितिको निर्णयलाई दृढताका साथ कार्यान्वयन गर्दा कोभिड-१९ महामारीको प्रभावको सामना गर्नु परेको छ। यी विविध कदमद्वारा उपलब्धिलाई सुदृढ पारी उच्च गुणस्तरीय रूपमा गरिबी निवारण कार्य पूरा गरेर गरिबी निवारण युद्धमा चौतर्फी विजय हुनुपर्छ।


1  2  
जानकारी तथा लेखहरु