फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

ग्वेन र दायु दुइजनाद्बारा नदीको व्यवस्थापन-2

(GMT+08:00) 2020-05-27 14:48:11

बीस वर्षपछि राउको स्थानमा सन् राजा बने। राजा सनले ग्वेनको छोरा दायुलाई नदीको व्यवस्थापन गर्ने अधिकारी नियुक्त गरे। शुरुमा उनले आफ्ना बुवाले अवलम्बन गरेको उपाय अपनाएर बाढी रोक्ने प्रयास गरे। उनले बाँध बनाएपछि बाढी पहिलेकोभन्दा झन् ठूलो भयो। बाँध फेरि ध्वस्त भयो। धेरै पटक यस्तो भएपछि दायूले बुझ्यो:खालि बाँध बनाएर मात्र बाढीको प्रतिरोध गर्नु संभव छैन। यो तरिका बाहेक पानी अर्कै दिशातिर बगाउने तरिका पनि अपनाउनु पर्छ। त्यसैगरी दायुले एउटा देवता–कछुवाको पिठ्यूँमा "शि राङ्ग"राखी यता-उता दौडायो। ओह्रालो ठाउँ देखेपछि दायुले त्यहाँ"शि राङ्ग" भन्ने वस्तु राखेको थियो जसबाट मानिसहरुका आवासलाई पानीको सतहभन्दा उच्च बनाउन सकियोस। यसका साथै दायुले देव-नागले देखाएको दिशाअनुसार नदी, तलाउमुनिको बालुवा हटाए जसबाट पानीलाई समुद्रतिर डोल्याउन सकियोस।

भनाइअनुसार, दायुले आफ्नो हातले लुन मन नामक पहाड काटेपछि व्हाङ्ग ह नदीको पानी पहाडको बीचबाट सोझै बग्नथाल्यो। मानिसहरुले त्यस ठाउँलाई लुन मन जलडमरु भन्नथाले। लुन मनको पछिल्लो क्षेत्रमा दायुले पानी बग्ने बाटो छेक्ने पहाडलाई पनि काटे। त्यसपछि व्हाङ्ग ह नदी बांगोटिंगो भई समुद्रमा बग्नथाल्यो। मानिसहरुले यस स्थानलाई शान मन श्या जलडमरु भन्नथाले। करोडौं करोड वर्षपछि यी दुइ स्थानको दृश्य निकै प्रसिद्ध हुने कुरा सबैलाई थाहा थियो।

1  2  
जानकारी तथा लेखहरु