फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

उरूमुछीमा २ लाख बालबालिकाहरू निःशुल्क दूध

(GMT+08:00) 2020-06-02 15:00:05

हरेक दिन ताजा दूधको पाउच सिन्च्याङ युगुर स्वायत्त प्रदेशीय सदरमुकाम उरूमुछीका बासिन्दाहरूको घरमा पुर्याइन्छ। 'दूध खुवाउने कार्यक्रम' लेखिएको बक्समा १० वटा पाउचको दूध राखिन्छ। भर्खरै जन्मेकादेखि ६ वर्षसम्मका बच्चा भएका लगभग २ लाख परिवारले हरेक १० दिनमा एक पटक उक्त बक्स पाउँछन्। हरेक पाउचमा २०० मिलिलिटर दूध हुन्छ।

उरूमुछी नगरपालिका कृषि तथा पशुलापन व्यूरोका चिन स्याङ तुङले जानकारी दिए अनुसार, उरूमुछी शहरका ७ वटा क्षेत्र र १ जिल्लामा ६ महिनादेखि बसिरहेका परिवारका हरेक बालबालिकाहरू यस कार्यक्रमबाट लाभान्वित हुने छ। सन् २०१८ को अप्रिल महिनादेखि शुरू भएको सो कार्यक्रमको लागि उरूमुछी नगरपालिकाले १९ करोड ३० लाख चिनियाँ युआन छुट्याएको छ र बितेका २ वर्षयता जम्मा गरी २ लाख ३२ हजार बच्चाहरूको लागि निःशुल्क दूध प्रदान गरिसकेको छ।

1  2  3  4  
जानकारी तथा लेखहरु