फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

#अल्पसंख्यकजाति# चीनका दुई अधिवेशनमा अल्पसंख्यक जातीय प्रतिनिधि

(GMT+08:00) 2020-06-02 15:09:22

हालसम्म मलाई गहिरो छाप परेको कुरा के हो भने, मेरो कक्षामा एकजना बालिकाले विद्यालय आउन छोडिन्। मलाई चिन्ता लागेर उनको घरको जानकारी लिने इच्छा जाग्यो। उनका बुवाआमाले परिवारको जीवन कठिन भएकाले पढ्ने पैसा तिर्न नसक्ने जवाफ दिए। बुवाआमाको विचारमा पढ्नुभन्दा छोरीले घरमै काम गर्दा अझ राम्रो हुन्छ। मैले आफ्नो अनुभव र राष्ट्रिय नीतिबारे उनीहलाई जानकारी दिएँ। अन्त्यमा ती बालिका विद्यालयमा फर्केर मेहनतका साथमा पढ्न थालिन्। उनी सफलताका साथ परीक्षा पास गरेर विश्वविद्यालयको तिब्बती कक्षामा पढ्न थालिन्। विश्वविद्यालबाट स्नातक भएपछि उनी शिक्षिका बनिन्।  

सन् २०१३ मा कसाङ दची निर्वाचनमा सबैभन्दा सुन्दर गाउँका शिक्षक मानिनुभएको छ। तेह्र वर्षयता कसाङ दचीको प्रयासमा मनपा जातीय बालबालिकाले विद्यालय छोड्ने दर ३० प्रतिशत घटेर अहिले विद्यालय जाने दर शतप्रतिशत पुगेको छ। उहाँले भन्नुहुन्छ-

सन् २०१३ देखि मोथोमा राजमार्ग सञ्चालन हुन थाल्यो। स्थानीय सर्वसाधारणको विचारमा पनि धेरै सुधार भयो। उनीहरूले शिक्षाको महत्वबारे झन् झन् बढी जानकारी पाएका छन्। स्थानीय स्कुलको शर्त पनि झन् झन् सुधार हुँदै आएको छ। हाम्रो स्कुलमा तीन तले भवनको निर्माण भयो। विद्यार्थीहरूले विज्ञान प्रयोगशाला, कला कोठा, संगीत कोठाको प्रयोग गर्न सक्छन्। राष्ट्रिय नीति झन् झन् राम्रो हुँदै आएको छ। तिब्बती किसान तथा पशुपालकका छोराछोरीले सर्वप्रथम १५ वर्षको निशुल्क शिक्षा लिन सक्छन्।

शिक्षाको शर्त सुधार हुनुका साथै झन् झन् बढी मनपा जातीय बालबालिकाहरू पहाडबाट बाहिर गएका छन्। कसाङदचीलाई स्थानीय सर्वसाधारणले हार्दिक रूपमा मनपा जातीको सपना संरक्षक पनि मानेका छन्।


1  2  
जानकारी तथा लेखहरु