फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

पिआन् छ्युएद्बारा रोग बारे चर्चा सम्बन्धी कथा

(GMT+08:00) 2020-06-24 09:38:37

पिआन् छ्युएले भनेः चर्मरोग लागेमा जडी-बुटि उसिनेर त्यसको झोलद्बारा धोएमा वा तातो झोलमा भिजाइएको कपडाले छोपिएमा रोग छिटै निको हुन्छ। छाला र मांस-पिण्डभित्र रोग पसेपछि आक्युपंचर गर्नपर्ने हुन्छ। रोग आन्द्रा-भुँडीमा पसेको अवस्थामा पनि केही जडीबुटिका झोल खाएर निको पार्नसकिन्छ। तर रोग मासीमा पसेपछि भने भगवानसँग प्रार्थना गर्नुबाहेक केही बाँकी रहँदैन। त्यसपछि वैद्यले केही गर्नसक्दैन। अहिले राजाको रोग मासीभित्र पसिसकेको छ त्यसैले त्यस रोगको उपचार गर्ने मेरो क्षमता अब छैन, वैद्यले भने।

पाँच दिनपछि राजाले जीउभरि दुखेको अनुभव गरे र वैद्य पिआन् छ्युएलाई बोलाउन नोकर पठाए। तर पिआन् छ्युए राजाकहाँ गएनन। केही समयपछि राजाको निधन भयो।

यस कथाबाट मानिसहरुले के शिक्षा ग्रहण गर्ने त? मानिसले आफ्नो भुल वा त्रुटिलाई समयमै नसच्याएमा त्यसको परिणाम झनै गम्भिर हुन्छ र अन्त्यमा त्यसको फल पक्कै नराम्रो हुन्छ भन्ने शिक्षा यस कथाले दिनखोजेको छ।


1  2  
जानकारी तथा लेखहरु