फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

क्वी चौ प्रान्तको पहाडी क्षेत्रमा किसानहरू घरआवासका धनी बन्दै

(GMT+08:00) 2020-08-04 10:33:14

पहाडी क्षेत्रमा पर्ने क्वी चौ प्रान्त पहिले सडकको निर्माण कठिन र आवतजावतमा विकट क्षेत्र मानिन्थ्यो। केही वर्षयता ग्रामीण क्षेत्रमा यातायात लगायत आधारभूत प्रबन्धलाई सबल पारेर क्वी चौको अर्थतन्त्र तीव्र गतिले विकसित हुनुका साथै वातावरण पनि सुधारिएको छ। यातायातको सुधारले स्थानीय कृषि तथा पर्यटनको विकास गरेको छ। पहिले बाध्यतामा बाहिर गएर काम गर्नुपर्ने किसानहरूले हाल घरआवासनजिकै धनी बन्दैछन्।

"आउनुहोस्, आउनुहोस्, आउनुहोस्। खरबुजा किनुहोस्। स्वादिलो आलु किन्नुहोस्।"

हरेक दिनको साँझ किसान याउ वनछ्यानले सानो ट्रक चलाएर जिल्लाको बजारबाट फलफूल तथा साग भित्र्याउनुहुन्छ। अर्को पल्ट दिन बिहान उहाँले वरिपरिका गाउँमा बिक्री गर्नुहुन्छ। पहिले यो असम्भव कुरा थियो।

"पहिले जिल्ला-बस्ती जान गाडी थिएन। घरनजिकै बाटोको अवस्था त्यति राम्रो नभएकाले गाडी चलाउन पनि सकिँदैनथ्यो। हामी बाध्य भएर बाहिर काम गर्न जानुपर्थ्यो।"

याउ वनछ्यानको घर हचाङ जिल्ला श्वी थाङ बाउ बस्ती सि ह गाउँ पहाडी क्षेत्रको भित्र पर्दछ। सन् २०१८ मे याउ वनछ्यानको घरआवास अगाडि बाटो सञ्चालनमा आयो। उहाँले घर फर्केर फलफूलको व्यापार गर्न थाल्नुभयो। हरेक महिनाको आम्दानी ७-८ हजार युआन पुगेको छ।

केही वर्ष यता क्वी चौ प्रान्तले जम्मा ८० हजार किमी सडक निर्माण गरेर एक करोड १६ लाख ६० हजार किसानको आवतजावतलाई सुविधाजनक बनाएको छ।

मार्गको निर्माणले क्षेत्रीय उद्योगको विकास गर्नुका साथै सर्वसाधारणलाई धनी पारेको छ।

चुन यी शहरीय ह्वा माउ गाउँमा आधारभूत प्रबन्धमा पनि ठूलो परिवर्तन आएको छ। पहिले ह्वा माउ गाउँ र बाहिरी क्षेत्रबीच एउटा सरल मार्ग थियो। हाल स्लेटबाट बनिएको मार्ग हरेक घरसम्म सञ्चालित भएको छ। यातायात सुविधा भएपछि सडक छेउमा सेरेमिक्स अनुभव भवन, होमस्टे, प्राचीन कागजको उत्पादन अनुभव लगायत विविध किसिमको सञ्चालन मोडद्वारा सन् २०१९ प्रति स्थानीय गाउँलेको सरदर आय १८हजार युआनभन्दा बढी पुगेको छ। यो रकम सन् २०१२को छ गुणा हो। गाउँले मो मिङनिङले आफ्नो घरमा पर्यटकको स्वागत गर्नसक्नुहुन्छ।

"पर्यटकले यसरी भन्छन्- पहिले क्वी चौ पहाड अग्लो तथा ढुंगा बढी भएको ठाउँ भन्ने ठान्थे। हाल क्वी चौ पुगेपछि छोड्नै मन नलाग्ने र छोडिहालेमा फेरि फर्किएर आउनुपर्ने ठाउँ बनेको छ।"

जानकारी तथा लेखहरु