फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

लेबनानका नागरिकद्वारा बेरूत बन्दरगाहको विस्फोटनमा परी मृत्यु र घाइते भएकाहरूका लागि प्रार्थना

(GMT+08:00) 2020-08-10 10:23:01

लेबनान सेनाले ९ तारिख सार्वजनिक गरेको सूचना अनुसार, बेरूत बन्दरगाह विस्फोटन स्थलको उद्धार कार्य जारी रहे तापनि जीवित मानिस भेटाउने सम्भावना न्यून रहेको छ।

४ तारिख भएको उक्त भयङ्कर विस्फोटनबाट हालसम्म १५८ जनाको मृत्यु हुनुका साथै ६ हजार मानिस घाइते भएका छन्। यसै गरी धेरै मानिस अझै बेपत्ता छन्।

केही दिनयता बेरूतका नागरिकले बन्दरगाहमा आएर मैनबत्ती बालेर मृतकप्रति श्रद्धाञ्जलि र घाइते तथा बेपत्ताका लागि प्रार्थना गरेका छन्।

जानकारी तथा लेखहरु