|
|
|
|||||||||
|
||

ल्याटिन अमेरिकी प्रेस युनियनको सहयोगमा चाइना मिडिया ग्रुप, संयुक्त राष्ट्र संघीय ल्याटिन अमेरिकी आर्थिक आयोगले अगस्त २८ तारिख भिडियोमार्फत् सन् २०२० ल्याटिन अमेरिका साझेदारी शीर्षकमा सञ्चार माध्यमको सहयोगको क्लाउड फोरमको आयोजना गरेका छन्।

चीन र ल्याटिन अमेरिकाका मुलुकका १५ वटा संस्थाका ३३ जना प्रतिनिधिले "हातमा हात मिलाएर महामारीविरूद्ध वर्तमान कठिनाइको सामना गर्ने" भन्ने मुख्य विषयवस्तुबारे छलफल गर्नुका साथै महामारीविरूद्धबारे सहयोग गर्ने संयुक्त वक्तव्य पनि प्रकाशित गरेका छन्।

साथै चाइना मिडिया ग्रुपका महाप्रबन्धक एवम् प्रमुख सम्पादक शन हाईस्योङले क्लाउड फोरमको उद्धाटन समारोहमा सम्बोधन गर्नुभएको छ। उहाँले मिडियाले नचाहिने हल्ला फैलाउने र समस्या सिर्जना गर्नुको सट्टा सत्य तथ्यको जानकारी दिनुपर्ने बताउनुभयो। उहाँले भन्नुभयो, मतभेद सिर्जना गर्नुको सट्टा सहमति खोज्नुपर्छ; अन्य देशहरूमाथि दोष थुपार्नुको सट्टा वैज्ञानिक रूपमा महामारीविरूद्ध लाग्नुपर्छ; अरूमाथि द्वेषपूर्ण रूपमा प्रहार गर्नुको सट्टा विश्वासको प्रसार गर्नुपर्छ।

| © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040 |
|||||||||