फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

#आँखीझ्याल#मकाउद्वारा महामारीमा अनेकौं कदमहरूमार्फत व्यवसायीलाई सहयोग

(GMT+08:00) 2020-09-18 14:54:46

कोरोना भाइरस महामारीको असर परेका कारण मकाउका धेरै मझौला तथा साना उद्योग-व्यवसायहरूको सामु आम्दानी घटेको र पूँजी फिर्ताको कठिनाइ आदि ठूलो दवाव देखापरेको छ। यस अवस्थाबारे मकाउ विशेष प्रशासनिक क्षेत्र सरकारले तुरुन्तै केही कदमहरू चालेर मझौला तथा साना उद्योग-व्यवसायलाई कठिनाइको समाधान गर्न सहयोग गरेको छ।

मकाउका युवा व्यवसायी ऊ चिन शङले मकाउको क्वान ये सडकमा मकाउको विशेषताको सांस्कृतिक र रचनात्मक उपहार पसल खोलेका छन्। उनको पसलमा मकाउको विशेषताबमोजिम बनाइएको साँस्कृतिक तथा रचनात्मक उपहार उत्पादित-वस्तु निकै लोकप्रिय छ। आकस्मिक महामारी आएपछि उनको पसलको व्यापार तिब्र रुपमा घटेको छ। ऊ चिन शङ भन्छन् "महामारीले हाम्रो पसलको व्यापारलाई ठूलो त्रास ल्याएको छ। किनभने हाम्रो पसलको व्यापार महामारी अवधिमा ९५ प्रतिशत घटेको छ। मकाउ एक पर्यटकीय शहर हो। पर्यटक नभएमा मकाउका सबै व्यवसायहरू संचालन हुनसक्दैन।"

मकाउका उद्योग-व्यवसायहरूमध्ये ९० प्रतिशतका मझौला तथा साना उद्योग-व्यवसाय हुन्। मकाउमा रोजगारी गर्नेहरुमध्ये मझौला तथा साना उद्योग-व्यवसायमा रोजगार पाएकाहरूको कुल संख्या करीब ६० प्रतिशत ओगटेको छ। महामारीबाट प्रभाव परेका कारण चालु वर्षको पूर्वार्द्धमा मकाउमा प्रवेश गरेका पर्यटकको स‌ख्या गत वर्षको सोही अवधिको तुलनामा ८० प्रतिशत घटेको छ। पर्यटक ठूलो मात्रामा कम भएका कारण मकाउको पर्यटन, रेस्टुरेन्ट, खुद्रा-बिक्री संचालन गर्ने मझौला तथा स-साना उद्योग-व्यवसाय गम्भीर त्रास ल्याएको छ। मकाउको बेरोजगार दर आठ वर्षयता पहिलो पटक २ प्रतिशतभन्दा बढी भएर २.५ प्रतिशत पुगेको छ।

1  2  
जानकारी तथा लेखहरु