|
|
|
|||||||||
|
||
|
0211zy01.m4a
|

चीनको तिब्बती चिकित्सा र औषधी संस्कृति संग्रहालयमा तिब्बती चिकित्सा र औषधी बनाउन प्रयोग हुने जनावर, बनस्पति र अनिज पदार्थका दुइ हजार जातभन्दा बढी नमुना, विभिन्न कालका अठाइसजना प्रसिद्ध तिब्बती चिकित्सकहरुको जीवनी वृत्तान्त, मूर्ति र तिब्बती चिकित्सा र औषधीका प्रतिनिधित्वमा रहेका एक हजार थानभन्दा बढी कृतिहरु राखिएका छन। तीमध्ये स्थायी रुपमा प्रदर्शन गरिएको "चीनको तिब्बती संस्कृति कलाको रंगीन चित्र समूह" नामक लामो थाँका चित्रलाई विश्व बुक अफ गिनिसमा उल्लेख गरिएको छ। चीनको तिब्बती चिकित्सा र औषधी संस्कृति संग्रहालयका उप प्रमुख युआनतान ग्याछोले जानकारी दिंदै भन्नुभयो-
"यो नै लामो थाङ्का हि जुन छिंग हाई क्षेत्रका वर्तमान प्रसिद्ध थाँका कलाकार महागुरु राजेको नेतृत्वमा रचना गरी बनाइएको हो। उहाँले केबल सामग्री बटुल्न र डिजाइन गर्न मात्र तेइस वर्षको समय लागेको थियो। साथै अरु चार वर्षको समय लगाएर तिब्बती, मगोलियाली, हान र थु आदि जातिका चार सयजनाभन्दा बढी टुप्पो स्तरीय चित्रकारहरुलाई चित्र कोर्न लगाउनुभयो। यस थाँकाका विषयवस्तुमा तिब्बती जातिको विश्व सम्बन्धी विचार पद्धति, मानवजातिको उत्पति, तिब्बती जातिको इतिहास र धर्म, दर्शनशास्त्र, ज्योतिष, चिकित्साका साथै रिति रिवाज, चालचलन र रहनसहन, नामी र प्रसिद्ध रमणीय प्राचीन थलो तथा सजाइने चित्रकारीहरु समावेश छन। विषयवस्तुको हकमा यो एक विश्व शव्दकोष हो भन्नु कुनै अत्युक्ति नहोला। यस थाँकाको सम्पूर्ण लम्बाई छ सय अठार मीटर छ र त्यसको चौडाई अडाइ मीटर छ। त्यसमा कोरिएका मानव चित्रहरुको सख्या एक लाख त्रियासी हजार छ र तीन हजारभन्दा बढी कारचोपी चित्रहरु रत्रिभर पनि दोहोरिंदैन। यसलाई हेरीसिध्याउन छिटोमा पनि एक घण्टा लाग्नेछ। तमाम थाँका कोर्न तिब्बतको परम्परागत कलाको प्रयोग गरिएको थियो साथै रगाउने पदार्थ चाहिं सुनको चूर्ण, चाँदीको चूर्ण र प्राकृतिक खनिज पदार्थको रंगबाट बनेको थियो, जसले गर्दा एक हजार वर्षभन्दा बढीसम्म रहेर पनि रंग जाँदैन।

तिब्बती चिकित्साशास्त्र चीनको तिब्बती जातिले विश्वलाई प्रदान गरेका महान पुरातात्विक साँस्कृतिक सम्पदाहरुमध्येको एक हो। सन् 2006 मा यसलाई चीनको प्रथम राष्ट्रिय गैर भौतिक साँस्कृतिक सम्पदाको सरक्षण सूचिमा उतारिएको थियो। तिब्बती चिकित्सा र औषधी संस्कृति चाहिं छिंग हाई तिब्बत टारभूमिका पुर्वजले स्थानीय चिकित्साबाट अनुभव झिकेर प्राचीन हिन्दू चिकित्सा, परम्परागत पश्चिमी चिकित्सा र परम्परागत चिनियाँ चिकित्साको निचोडबाट सिक्दै तिब्बती चिकित्साअन्तर्गत विभिन्न समुदायबीच एकले अर्काबाट सिक्ने र एक अर्कामाझ गुलमिल गर्ने तरीकामार्फत तयार पारेको हो। जुन तिब्बती संस्कृतिको संगठनात्मक भाग मात्र नभइ अझ तिब्बती संस्कृतिमध्ये सबैभन्दा रहस्यमय, सबैभन्दा वैज्ञानिक मूल्ययुक्त र विश्वका लागि सबैभन्दा आकर्षक निचोडरुपी खण्ड हो। तिब्बती जनताले दिर्घकालीन श्रमका क्रममा विशेष चिकित्सा पद्धति र रोग ठम्याउने तरीका सम्पन्न गरेका छन। छिंग हाई तिब्बत टारभूमिमा उत्पति भएको तिब्बती चिकित्सा र औषधीको इतिहास छ हजार वर्षभन्दा बढी भइसक्यो। यसबाट यसमा झन बढी रहस्य भाव थपिएको छ। छिंग हाई प्रान्तको तिब्बती चिकित्सा र औषधी अनुसन्धान प्रतिष्ठानका प्रमुख दोर्जीले भन्नुभयो-
"तिब्बती औषधीमध्ये सधैं प्रयोगमा ल्याइने औषधीमा खनिज पदार्थबाट बनेका दुइ सय असी जातभन्दा बढी छ। यसमा जुहारत जातको छ र भारी धातु जातको छ। खनिज पदार्थबाट बनेको औषधीको प्रयोग चाहिं तिब्बती औषधीको एक उल्लेखनीय विशेषता हो। उदाहरणका लागि आँखी ढुँगा, हकीक, हिरा र डाइमोन्डका साथै सुन, चादी, तामा, फलाम अझ कहाँसम्म भने अति विषालु पारोसमेतलाई तिब्बती औषधी बनाउन प्रयोगमा ल्याउन सकिन्छ"।
खनिज पदार्थलाई खान सकिने वस्तु बनाउन त्यतिको सजिलो काम होइन। त्यसैले तिब्बती औषधी बनाउने तरीका अति रहस्यमय बनेको छ। छिंग हाई प्रान्तको तिब्बती चिकित्सा र औषधी अनुसन्धान प्रतिष्ठानका प्रमुख दोर्जीले अगाडि भन्नुभयो- जस्तो कि तिब्बती भाषामा "चो थाई" भनिने तरीका अर्थात पारो बनाउने तरीकालाई उदाहरण लेऔं। सर्वप्रथम पारोको विषलाई हटाउनुपर्छ, त्यसमा लाग्ने खियालाई खियाउनुपर्छ अनि त्यसपछि धुनुपर्छ र प्रशोधन गर्नुपर्छ। यो नै सम्पूर्ण प्रशोधित क्रम हो। फरक रोग हेरी फरक बनाउने तरीका अपनाउनु तिब्बती औषधी बनाउने एक स्पष्ट विशेषता हो। यसको विस्तृत जानकारी हामी अर्को कार्यक्रममा दिने छौं।
| © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040 |
|||||||||