फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीनको तिब्बती साँस्कृतिक आदान-प्रदान प्रतिनिधिमण्डल अस्ट्रेलियामा

(GMT+08:00) 2014-06-19 19:20:44

       चीनको तिब्बती साँस्कृतिक आदान-प्रदान प्रतिनिधिमण्डलले हिजो जुन अठार तारिख बुधबार अस्ट्रेलियाली संसदका कुटनीति, व्यापार, रक्षा समितिका सात जना सांसदसँग वार्ता गरेको छ।

       प्रतिनिधिमण्डलका प्रमुख एवं स छ्वान विश्वविद्यालयको समाज विकास तथा पश्चिम विकास अध्ययन केन्द्रका प्रमुख लोरुङ चानद्वीले दलाइ लामाले प्रस्तुत गरेक "बृहत तिब्बती क्षेत्र" र "उच्च स्वशासन" को भनाइ चीनबाट तिब्बत छुट्ट्याउने भन्ने हो जसलाई कुनै पनि मुलुकको केन्द्रीय सरकारले स्वीकार गर्न नसक्ने उहाँले बताउनुभयो। उहाँले चीनको केन्द्रीय सरकार र दलाइ लामाबीचको बार्ता हुने अथवा नहुने भन्ने कुरा दलाइ लामा भर पर्ने पनि स्पष्ट पार्नुभयो।

जानकारी तथा लेखहरु
सुझाउ