फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीनको तिब्बती संस्कृति आदान-प्रदान प्रतिनिधिमण्डलद्वारा न्यू जिल्याण्डका सांसदसँग छलफल

(GMT+08:00) 2014-06-20 18:59:59

        चीनको तिब्बती संस्कृति आदान-प्रदान प्रतिनिधिमण्डलले हिजो उन्नाइस तारिख न्यू जिल्याण्डको राजधानी वेलिङटिनमा दश जना न्यू जिल्याण्डका सांसदसँग वार्ता गरी तिब्बती क्षेत्रको आर्थिक तथा सामाजिक विकास, धार्मिक स्वतन्त्रसम्बन्धी चिनियाँ कम्युनिष्ट पार्टी तथा चीन सरकारको नीति र सम्बन्धित अवस्थाबारे जानकारी दिनुभयो।

         वार्तामा प्रतिनिधिमण्डलका प्रमुख एवं स छ्वान विश्वविद्यालयका प्राध्यापक लोरुङ चानद्वीले तिब्बती क्षेत्रको विकासबारे जानकारी दिएर शान्तिपूर्ण मुक्ति हुनुअघिको तिब्बतको अवस्थाको तुलनामा गरी दशौँ वर्षयता तिब्बतको सामाजिक विकासको अवस्थालाई स्पष्ट पार्नुभयो।

जानकारी तथा लेखहरु
सुझाउ