|
|
|
|||||||||
|
||

जुलाई एघारदेखि तेह्र अर्थात् तिब्बती पात्रो अनुसार पाँचौं महिनाको चौथोदेखि छैठौँ दिनसम्म ताशिल्हुन्पो मन्दिरमा वार्षिक रुपमा बुद्धको चित्र प्रदर्शन गरिएको छ। सोही बुद्धको चित्र प्रदर्शन दिवसको अवधिमा ताशिल्हुन्पो मन्दिरमा तेह्र तारिख प्रदर्शित गरिएको थाङ्काको कूल क्षेत्रफल एक हजार वर्गमिटर ओगटेको छ। सो थाङ्का बनाउन आधा वर्ष लागेको हो।

ताशिल्हुन्पो मन्दिर पन्चेन लामाको निवास हो। बुद्धको चित्र प्रदर्शन दिवस ताशिल्हुन्पो मन्दिरमा वार्षिक रुपमा आयोजित हुँदै आएको धार्मिक समारोह हो र यसको इतिहास पाँच सय वर्षको छ।

चिनियाँ जन राजनीतिक परामर्शदात्री सम्मेलनको सिगाचे क्षेत्रका उपाध्यक्ष एवं ताशिल्हुन्पो मन्दिर व्यवस्थापन समितिका उप प्रमुख च्यान चाले बताउनु भए अनुसार, गएको तीन दिनमा प्रतिदिन बीस हजार भिक्षुहरु तथा धर्मावलम्बीहरुले सिगाचेबाट बुद्धको चित्रको अवलोकन तथा पूजा गरेका छन्।
| © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040 |
|||||||||