फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

इतिहास, देश, जनता र विश्व चार पक्षबाट तिब्बतलाई बुझ्नुपर्ने

(GMT+08:00) 2014-08-13 19:14:00

        हाल चीनको तिब्बत विकास मञ्च ल्हासामा सम्पन्न भएको छ। मञ्चमा चीनको राज्य परिषदको प्रेस कार्यालयका उप-प्रमुख छ्वी यु यिङले इतिहास, देश, जनता र विश्व गरी चार पक्षबाट तिब्बतको विकासबारे बुझ्नुपर्ने बताउनुभयो। छलफलमा सहभागी चिनियाँ तथा विदेशी विशेषज्ञले सो विषयलाई स्वीकार गर्दै प्रशंसा गर्नुभएको छ।

          बेलायतका विशेषज्ञ तथा सांसद निल डेभिसनले त्यसमाथि उच्च प्रशंसा गरी ती चार पक्ष नै तिब्बत बुझ्ने सबभन्दा राम्रा विषय रहेको व्यक्त गर्नुभयो। उहाँको विचारमा विश्व दृष्टिकोणबाट तिब्बती संस्कृति गतिशील तथा परिवर्तन हुनुपर्छ।

         चिनियाँ सामाजिक विज्ञान प्रतिष्ठानको विश्व धर्म अध्ययन केन्द्रका अध्ययनकर्ता गाजा नच्याले विगत, वर्तमान र भविष्यका लागि प्रस्तुत चार पक्ष सान्दर्भिक रहेको बताउनुभयो।

         भारतीय कस्तुरी एण्ड सन्स लिमिटेडका अध्यक्ष नरसिम्हान रामले वास्तविक अवस्था बुझेको खण्डमा मात्र बोल्ने अधिकार पाउन सक्ने बताउनुभयो।

जानकारी तथा लेखहरु
सुझाउ