फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

तिब्बतको पर्यावरणीय प्रणाली राम्रो हुँदै आएको चिनियाँ विज्ञान प्रतिष्ठानको भनाइ

(GMT+08:00) 2014-08-13 19:14:00

        चिनियाँ विज्ञान प्रतिष्ठानको छिङ हाइ-तिब्बत पठार अध्ययन केन्द्रबाट प्राप्त समाचारअनुसार, तिब्बत स्वायत्त प्रदेश सरकारको समर्थनमा "तिब्बती पठार वातावरण परिवर्तनसम्बन्धी वैज्ञानिक लेखाजोखा" समाप्त भएको छ। उक्त प्रतिवेदन अनुसार, समष्टिगत रुपमा तिब्बतको पठार पर्यावरणीय प्रणाली राम्रो भएको र त्यहाँको जलवायु परिवर्तनको न्यानो तथा आद्र मुख्य विशेषता रहेको छ।

        चिनियाँ विज्ञान प्रतिष्ठानको छिङ हाइ-तिब्बत पठार अध्ययन केन्द्रका प्रमुख याउ थान तुङले जानकारी दिएअनुसार, उक्त वैज्ञानिक प्रतिवेदनले जलवायु, जल प्रणाली, पर्यावरणीय प्रणाली, सतह वातावरण, मानव गतिबिधि र प्रकोप गरी छ पक्षबाट समष्टिगत रुपमा विगत दुई हजारदेखि आगामी एक सय वर्षसम्म तिब्बी पठारमा वातावरणको परिवर्तनबारे लेखाजोखा गरेको छ।

जानकारी तथा लेखहरु
सुझाउ