फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

बाह्रौँ तिब्बती सगरमाथा साँस्कृतिक तथा पर्यटन महोत्सव सिगात्सेमा सुरु

(GMT+08:00) 2014-08-27 19:23:25

        बाह्रौँ तिब्बती सगरमाथा साँस्कृतिक तथा पर्यटन महोत्सव हिजो छब्बीस तारिख मंगलबार सिगात्सेमा सुरु भएको छ। छ दिने महोत्सवमा सिगात्सेको विशेष सँस्कृतिबारे चौतर्फी रुपमा प्रदर्शन गरिनेछ।

        महोत्सवको अवधिमा अठार जिल्ला तथा क्षेत्रका विशेष लोक सँस्कृति प्रदर्शन, थाङ्का प्रदर्शन, पहिलो सिगात्से साँस्कृतिक विकास मञ्च आदि कार्यक्रम पनि आयोजना गरिनेछ।

        विशेषज्ञको विश्लेषण अनुसार, ल्हासा-सिगात्से रेलमार्ग संचालन भएपछि अझ बढी चिनियाँ तथा विदेशी पर्यटकलाई सिगात्से भ्रमणमा सो रेलमार्गले आकर्षित गरेको छ।

जानकारी तथा लेखहरु
सुझाउ